सुनको भाउ अहिलेसम्मकै महङ्गो , तोलाको कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएकोछ ।मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबैभन्दा उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको खरिद बिक्री मूल्य भने ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएकोथियो । २४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो ।

याे पनि:-पार्लर नगई घरमै कपाल स्ट्रेट गर्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी घरेलु उपाय
काठमाडौँ । स्ट्रेट हेयर कपालको अर्थ सीधा र चिल्लो कपाल देख्नमा धेरै स्टाइलिश र ट्रन्डी देखिन्छ। यसले तपाईंको समग्र रूपको सौन्दर्यलाई पनि बढाउछन्। महिलाहरू अक्सर स्ट्रेट वा सीधा कपाल प्राप्त गर्न ब्यूटी पार्लरहरू धाउने गर्छन्।

यहाँ कपाललाई स्ट्रेट बनाउनको लागी ब्युटिसियन केमिकल र तातो रडको प्रयोग गर्दछन् । तर यसो गर्नाले तपाईंको कपाललाई ठूलो हानि हुन्छ।यसले स्वास्थ्य र व्यक्तिको बृद्धिमा नकारात्मक प्रभाव पार्छ। यस बाहेक, त्यहाँ साइड इफेक्टको जोखिम पनि हुन्छ। यो सबै पार्लरमा गर्दा धेरै पैसा खर्च हुन्छ। जहाँसम्म, धेरै थोरैलाई थाहा छ कि तपाईं सजिलै घरमा, राम्रो मुलायम र चिल्लो केश पाउन सक्नुहुन्छ।

यसका लागि, आज हामी तपाईंलाई केहि घरेलु उपचारहरू बताउन जाँदैछौं। यस उपायमा प्रयोग गर्ने सामाग्री तपाई आफ्नो किचनमा नै सजिलैसँग पा्रप्त गर्न सक्नुहुनेछ।कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ।

यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले धुनुहोस्।यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ। यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ।

दूध र मह:-दूध र महको प्रयोग आधा कप दूधमा दुई चम्चा मह मिसाउने । अझै राम्रो बनाउन केरा पनि मिसाउन सकिन्छ। केरा दूध र महको लेप बनाएर कपालमा लगाउने । यसलाई आधा घण्टा सम्म राख्ने र पछि स्याम्पु लगाएर सफा गर्ने।नरिवल र निम्बुको पेष्ट:-नरिवललाई पिसेर त्यसमा नरिवलकै दूध मिसाउने अनि कागती हालेर ब्रशले कपलाको रेशा रेशामा लगाउने । अनि १ घण्टा पनि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने । यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ।

तातो तेलले मालिस गर्ने:-नियमित रुपमा नुहाउनुभन्दा केहि समयअघि तातो तेलले मालिस गर्ने । मलिस गर्ने बेलामा नरिवलको तेलमा ओलिभ वाईल मिसाउने।केहि बेर पछि तउलियालाई तातो पानीमा भिजाउने र केहि समयपनि तउलिया निचोरेर ४५ मिनट सम्म कपालमा बेरेर राख्ने। त्यस पछि स्याम्पु लगाएर पखाल्ने यसो गर्नाले कपाल सिल्कि र नरम हुन्छ।

दूधको स्प्रे:-दूधलाई एउटा स्प्रे बोतलमा राख्नुस अनि कपालमा स्प्रे गर्नुस् । यसो गरेर आधा घण्टा सम्म राख्नुस र पखाल्नुस्। यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ।ओलिभ वाईल र अण्डाको प्रयोग:-दूईवटा अण्डा फुटाएर फिट्नुहोस र त्यसमा ओलिभ वाईल मिसाउनुस। यस्तो मिक्सलाई कपालमा लगाउनुहोस् र एक घण्टा पछि स्याम्पु लगाएर पखाल्नुस् । यसले कपाल नरम र शिल्की बनाउँछ।

कागती, तेल र नरिवल:-कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस्। यसले कपाललाई सिधा गर्न मद्दत गर्छ। यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस्। र त्यसपछि तातो पानीले धुनुहोस्।
यी तरिका हप्तामा एकदिन अपनाउने गर्नाले तपाईको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ। यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ।

प्रतिक्रिया दिनुहोस