अमेरिकी हास्य कलाकार रोजी ओडोनेलले प्रियंका चोपडासँग माफी मागीन्, भिडियो सार्वजनिक गर्दै भनिन् ‘म लज्जित छु’

एजेन्सी, अमेरिकी हास्य कलाकार रोजी ओडोनेलले मालिबुमा भएको अप्ठ्यारो पछि भारतीय अभिनेत्री प्रियंका चोपडासँग माफी मागेकी छिन् । रोजीले इन्स्टाग्राम र टिकटकमा दुईवटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले प्रियंका र उनका गायक पति निक जोनसलाई आइतवार के भयो भनेर खुलासा गरेकी छिन्।

आफ्नो कारमा खिचिएको पहिलो भिडियोमा रोजीले आफु, आफ्नो छोराले निक र प्रियंकालाई डेटमा देखेको बताइन् । हाम्रो छेउमा निक जोनस र उनकी श्रीमती चोपडा बसिरहेका थिए, जसलाई म सधैं दीपक चोपडाकी छोरी हुन् भन्ने लाग्थ्यो । दीपक चोपडा अमेरिकाका लोकप्रिय लेखक हुन्।

प्रियंकासँग कुरा गर्दा राजीले भनेका कुरा उल्लेख गर्दै भनिन्,, मैले भनेँ कि म तिम्रो बुबालाई चिन्छु। त्यसमा प्रियंकाले भनिन्, ओह साँच्चै ? मेरो बुबा को हुनुहुन्छ ? मैले दीपक भनेँ, उनले होइन भनिन् । चोपडा सामान्य थर हो। मलाई धेरै लाज लाग्यो। त्यसपछि रोजीले भिडियोमा भनिन् र सोधिन्, ूके म मात्र थिइन जसले सधैं प्रियंकालाई दीपककी छोरी हो भनेर सोच्थें?

रोजीका फ्यानहरूले सोचेका छन् कि रोजी के भयो भनेर साँच्चै लज्जित थिइन् र उनलाई चिन्ता नगर्न सुझाव दिएका छन् । धेरैले प्रियंकालाई दीपककी छोरी हुन् भन्ने आफुहरुलाइ पनि लागेको बताएका छन् । यद्यपि प्रियंका स्वर्गीय डा अशोक चोपडा र डा मधु चोपडाकी छोरी हुन् ।

यसपछि रोजीले अर्को भिडियो सार्वजनिक गरिन् । यस पटक रोजीले प्रियंकाको वास्तविक नाम लिएर भनिन्, मानिसहरूले उनी असभ्य थिइन् भन्ने सोचेका थिए। उनी असभ्य थिइनन्, यो केवल अनौठो थियो। जाहिर छ, उनी एक धेरै प्रसिद्ध अभिनेत्री हुन् र उनी (दीपक) भन्दा धेरै प्रसिद्ध छन्। त्यसैले म पक्का छु कि उनीहरूले सुरुमा अनौठो लाग्यो होला। रोजीले प्रियंकाको नाम फेरि उल्लेख गरिन् र गडबडीको लागि माफी मागेकी छन्। ूमाफ गर्नुहोस्। कहिलेकाहीँ म गडबड गर्छु।

प्रतिक्रिया दिनुहोस