पल शाह र समिक्षा काण्ड : समाचार देखेर घरमा बेहोस भइन समिक्षा

काठमाडौं :

अभिनेता पल शाह केही समय यता निकै विवादित बन्दै गएका छन् । उनलाई गायिका समिक्षा अधिकारीसंग नाम जोडेर विवादित बनाइएको छ । उनीहरुको संयुक्त म्युजिक भिडियोहरु सार्वजनिक भएरहेका कारण दुवै जना एक आपसमा नजिक थिए । तर अहिले उनीहरुको बीचमा समस्या आएको कुरा सार्वजनिक भएको थियो ।

आइतवार पल र समिक्षाका केही गोप्य अडियो पनि सार्वजनिक भयो । उनीहरुको अडियो सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको छ । समिक्षाले कसैलाई विश्वास गरेर भनेका कुराहरु रेकर्ड गरेर सार्वजनिक गरिएको छ । जसमा उनले पलले आफुलाई आवश्यकता भन्दा बढी नजिक बनाउन खोजेको, निकै ख्याल गरेको बताएकी छन् । उनको त्यस्तो कृयाकलापले आफुमा पनि पल प्रति माया पलाएको उल्लेख गरेकी छन् ।

टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको विविध कुरा खोलेकी छन् । जसमा उनले पलसँगको पहिलो भेटदेखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् ।

पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झ’गडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।

पल र समीक्षाबीच अ’न्तरङ्ग स’म्ब’न्ध रहेको गसिपको आ’गो अहिले मिडियामा ब’लिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप बल पुर्याएको छ । समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा दवाव श्रृजना गरेको बताएकी छन् ।

तर पछिल्लो समय पलले आफु जस्तै अन्य युवतीहरुसंग पनि नजिकिएको आफुले देखेको उनको भनाईवाट बुझ्न सकिन्छ । तर यो अडियो सार्वजनिक भएपछि पनि उनीहरुले आफुहरुबीच कुनै समस्या नभएको बताएका छन् । समिक्षाले आफ्नो र पलको विषयमा आएका समाचार देखेर छक्क परेको बताइन् । समिक्षाले आफुलाई रंगकर्मी प्रकाश सुवेदीले बोलाएको र उनको कार्यक्रममा गएर घर फर्किएपछि घरमा आएर अनलाईनमा समाचार पढ्दा अचम्म लागेको बताइन् ।

म आफ्नो काममा विजि छु, म पत्रकारसंग धेरै नजिक पनि छैन । प्रकाश दाईको कार्यक्रमवाट फर्केर घर आएपछि न्युज हेर्दा म त वे’होस भएर ढ’लेछु । मलाई दिदीले पानी छ’म्केर उठाउनु भयो । समाचारमा यस्ता कुरा लेखिएका थिए कि मैले सबै पढ्न पनि सकिन । त्यो समाचारमा कुनै सत्यता छैन । म अर्को कुरा पनि भन्छु, पछिल्लो समय पल जीले धेरै राम्रो काम गरिरहनु भएको छ । त्यसैले पनि होला । हाम्रो यति राम्रो सम्बन्ध छ तर समाचारले नराम्रो बुझेको देखियो ।

यस्तै काठमाडौंमा आयोजित कार्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दिनभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? विभिन्न काममा सक्रिय रुपमा किन लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु ।’

तर यति हुँदाहुँदै पनि आफूमाथि गिरोह नै लागेको देखेर अचम्म लागेको पलले बताए । उनले अगाडि भने, ‘खै मलाई बदनाम गराउन किन एउटा गिरोह नै सक्रिय रुपमा लागेको हो, थाहा छैन । तर कुनै पनि कुरा सुनेपछि एकपटक सम्बन्धित व्यक्तिसँग सोध्नुभयो भने स्पष्ट हुन्छ ।’ समिक्षा र पल बीच भएको कुराकानी को भिडियो तल हेर्नुहोला :

प्रतिक्रिया दिनुहोस