चर्चित कलाकार जयनन्द लामा को काठमाडौंमा दु:खदपूर्ण निधन

काठमाडौ : चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। चाहे लोकगीत गायनमा होस् वा अभिनयमा उनको जीवन यसमै समाहित थियो। उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक

अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय थिए। उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ

बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे,

प्रतिक्रिया दिनुहोस