तेह्रथुमको आठराईमा जन्मिएका केपी ओली आजबाट ७१ वर्ष लागे

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली आजबाट ७१औं वर्षमा प्रवेश गरेका छन् । दुई कार्यकाल नेपालको प्रधानमन्त्री बनेर सत्ता सम्हालेका ओली आजबाट ७० वर्ष पूरा भएका हुन् ।अनेकौँ हण्डरलाई पनि सरल रुपमा सामना गर्ने ओलीको जीवनमा स्वास्थ्य त्यति अनुकुल नभएपनि सक्रीय राजनीतिमा निरन्तर लागी परिरहने नेताका रुपमा परिचित छन् ।

केपी ओली बि.स २००८ साल फागुन ११ मा तेह्रथुम जिल्लाको आठराई तत्कालीन इवा गा.बि.स. सिम्लेमा जन्मिएका थिए । तर पछि उनको परिवार झापा बसाइ सरेको थियो । उनको आमा केपी सानै छँदा बितेकी थिइन् । उनलाई बुबा मोहनप्रसद ओलीले हुर्काएका थिए ।

दुई पटकसम्म किड्नी प्रत्यारोपण गरेका ओलीले नेपाली राजनीतिमा हक्की र अडिक स्वभावका नेताको छवी बनाएका छन् । ठट्यौली र उखान टुक्काले बिपक्षीकालाई कटाक्ष गर्ने उनको अभिव्यक्ति र भाषणको प्रभावले गैर एमाले कार्यकर्ताहरुले पनि उनलाई मन पराउने गर्दछन् ।

आफू प्रधानमन्त्री भएको बेला २ वर्ष अगाडि उनले आफ्नो जन्मदिन तेह्रथुमको आठराई पुगेर मनाएका थिए । तर उनको बर्थ डेमा नेपालको नक्साको केक बनाएर काटेको र ५ वटा हेलिकप्टर चार्टर्ड गरेको भन्दै आलोचित भएका थिए ।

त्यसयता उनले आफ्नो जन्मदिन सामान्य रुपममै मनाउदै आएका छन् । गतसाल उनले बालकोटमै सामान्य रुपमा मनाए । उनका बुबा हाल झापामा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस