सुनको मूल्य ५०० रुपैयाँले घट्यो, चाँदीको मूल्य बढ्दा डलरको भाउ भने उकालो लाग्यो

काठमाडौँ, नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार यो वर्षकै उच्च विन्दुमा पुगेर ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासघंले जनाएको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला १३ सय १५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ मा कायम भएको छ ।

त्यसैगरी अन्तराष्ट्रिय बजारमा सुनको भाउ भने बढेको छ । रुसले र यूक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा शेयरको मुल्यमा आएकव गिरावटका कारण नगानी कर्ता सुन प्रति आकर्षित हुँदा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहेको छ । बुधबार अन्तरराष्ट्रिय बजारमा सूनको मूल्य प्रतिऔंस १ हजार ८९६ डलर ३० सेन्टमा पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । मंगलबार डलरको विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको थियो भने बुधबर १२० रुपैयाँ ११ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस