मध्यरातमा घर अगाडी कार रोकेर झर्न खोज्दा आफ्नै कारमा खुट्टा अल्झेर कलाकार लामाको मृत्यु

काठमाडौं, फागुन ११ । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव

उपरीक्षक राजु पाण्डेका अनुसार लामा राती २ बजे घर फर्किएको र घर अगाडी गाडी रोकेर झर्ने क्रममा आफ्नै गाडीको ढोकामा खुट्टा अल्झिएर टाउको भुईमा बजारिँदा निधन भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

६६ वर्षिय लामा बा ३ च ७७४१ नं। को मारूती सुजुकी कारमा मंगलबार साँझ ७ बजे मिटिङ लागि भनेर घरबाट निस्किएका थिए । राती अबेर फर्किएका लामा राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेको परिवारले जनाएको छ । घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेर्दा उनको निधन भइसकेको र तत्कालै प्रहरीलाई खबर गरेपछि अनुसन्धान अगाडी बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस