जयनन्द लामाको मृत्युको कारण यस्तो, जुत्ता सिटमा कारको चाबी हातैमा, सिटमा बान्ता गरेको भेटियो ! पुरा पढ्नुहोस

फागुन ११, काठमाडौं । विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।

उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबलमा ऐना छ’ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, कलाकार, निर्माता तथा निर्देशकले संगीत क्षेत्रमा दखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका छन्।

दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका थिए ।

०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

नेपाली गीत संगीत तथा फिल्म क्षेत्रमा महत्वपुर्ण छाप छोडेका वरिष्ठ लोक सर्जक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार आज विहान २ बजे घर अगाडि गेटमा गाडीबाट ओर्लिने क्रममा लडेका थिए ।

सोही क्रममा उनको निधन भएको हो । पछिल्लो समय चलचित्र र टेलिसिरियलमा समेत अभिनयमा व्यस्त रहेका लामाले गाएका ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो’ लगायतका गीत चर्चित छन्। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा चरित्र अभिनयमा सक्रिय थिए।

उनले लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँ गाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए। उनी सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका थिए।

प्रतिक्रिया दिनुहोस