खुसीको खबर ! रा स्ट्रघा ती सम्झौता एमसीसी पास गर्न ओलीले अस्विकार गरे ! अब देउबा एक्लै

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए ।

जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो ।

त्यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आ क्रामक देखिएको छ ।अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आ रोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्र तिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चे तावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।

यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भ ड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस