श्रीमानको धोकापछि माइती पुगेकी चेलीलाई दाजुले बारम्बार बलात्कार गर्यो, भाइले छोरा मारिदियो

काठमाडौं । बलात्कार सम्बन्धित एक दर्दनाक घटना बाहिर आएको छ ।भारत, मध्य प्रदेशको मन्दसौरमा एक दाईले आफ्नै बहिनीलाई बलात्कार गरेका छन् ।उनले दाजु–बहिनीको सम्बन्धलाई कलंकित बनाएका हुन् । श्रीमती माइत गएपछि आक्रोशित बनेका दाईले बहिनीलाई लगातार सिकार बनाएको खुल्न आएको छ ।

कान्छो भाइले मोबाइल नपाएको भन्दै आफ्नै दिदिका चार वर्षीय छोरालाई विष खुवार हत्या गर्दिएका छन् ।

एक दिन जब बहिनी आफ्नो माइती घरबाट भागिन्, दाजुले हराएको रिपोर्ट दर्ता गराए, त्यसपछि सबै कुरा बाहिर आयो । महिलाको उजुरीका आधारमा प्रहरीले दुवै दाजुभाइलाई पक्राउ गरेको छ । घटना मन्दसौर जिल्लाको अफजलपुर प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँमा भएको हो ।

जानकारी अनुसार त्यहाँ बस्ने दाजुभाइको सन् २०१७ मा आटे सातेमा विवाह भएको थियो । दाजु सुशीलको विवाह अनिता (नाम परिर्वतन) सँग र बहिनी निम्की (नाम परिर्वतन) को अनिताका भाइ सञ्जीवसँग विवाह भएको थियो ।

निम्कीले आफ्नो दाजुले विवाह गर्न सकून् भनेर बिहे गरेकी थिइन् । एक वर्षपछि उनले छोरालाई जन्म दिइन् । त्यहाँ रहँदा उनकी भाउजुले छोरी जन्माइन् । दाजु र भाउजुबीच कुनै कुरालाई लिएर झगडा भएको थियो, जसकारण भाउजु माइतीघर गइन् र फर्किन तयार भइनन् ।

सोही कारण रिसाएर सुशीलले आफ्नी बहिनीलाई पनि घरबाट माइतीमा बोलाए । एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दाजु र भाउजुबीच सहमति हुन नसकेपछि एक दिन घरमा कोही नहुँदा दाईले फाइदा उठाएको पीडित महिलाले बताइन् । यो कुरा निम्कीले आमालाई जानकारी गराएपनि आमाले लाजको डरले कुरा लुकाइन् ।

गलत कुराको विरोध नगरेपछि अभियुक्त (दाई) झन उत्प्रेरित भयो, बहिनीलाई थप यौन शोषणको शिकार बनाउन थाल्यो । मोबाइल नदिएको झोकमा कान्छो भाइले दिदिका छोरालाई कीटनाशक औषधि खुवार हत्या गर्दियो ।

माइतीमा रहदा जेठो दाईले बलात्कार गर्यो भने कान्छो भाइले छोराको हत्या गर्दियो । नरपिचाश दाईले बलात्कारपछि लगातार धम्की दिने गरेको उजुरीमा उल्लेख गरिएको छ । दाईको धम्कीको डरले बहिनीले विरोध गर्न सकिनन्, उनी माइतीघरमै बसेर काममा जान थालिन् । उनी आफ्नो चार वर्षको बच्चालाई कान्छो भाइसँग छोडेर काम गर्थिन् ।

एक दिन कान्छो भाइले उनलाई मोबाइल दिन आग्रह गरेका थिए । तर निम्कीले आफूसँग पैसा नभएको र अहिले मोबाइल चाहिँदैन भन्दै भाईलाई मोबाइल दिइनन् । यसबाट रिसाएका १७ वर्षीय कान्छो भाइले आफ्नै दिदिका ४ वर्षीय छोरालाई किटनाशक औषधि खुवाएका हुन् ।

जिल्ला अस्पतालमा ५ जनवरी, २०२२ मा छोराको मृत्यु भयो । पोस्टमार्टम रिपोर्टमा कीटनाशक औषधिका ​​कारण ४ वर्षीय बालकको मृत्यु भएको खुलेको छ ।

छोराको मृत्युपछि पनि जेठा दाजुले निम्कीलाई बलात्कार गर्न छोडेनन् । ५ फेब्रुअरी २०२२ मा उनले पीडित युवतीलाई फेरि बलात्कार गरेका थिए । यो बीचमा पीडित युवती १४ फेब्रअरीमा माइतीघरबाट भागेर ससुराली घर पुगिन् ।

त्यसपछि दाजुभाइले बहिनी हराएको भन्दै उजुरी दिए, प्रहरी खोजी गर्दै ससुरा घर पुग्यो । त्यहाँ पुगेपछि उनले महिला प्रहरीलाई आफ्नो दर्दनाक घटना सुनाइन् । महिलाको उजुरीका आधारमा प्रहरीले दुवै दाजुभाइलाई पक्राउ गरेर अनुसन्धन थालेको छ ।

प्रतिक्रिया दिनुहोस