अडियो सार्वजनिक भएपछि दुर्गेश थापाको प्रतिक्रिया : गल्ती उसले गर्ने आरोप हामीमाथि लगाउने ?

अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेपछि शाहले आज सामाजिक सञ्जाल मार्फत छ वटा अडियो क्लिक सार्वजनिक गरे ।
अडियो सार्वजनिक गर्दै नायकले आफूलाई गायक दुर्गेश थापा लगायतकाले षडयन्त्रपूर्वक फसाउन खोजेको बताएका छन् । तर अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको उनले स्पष्ट पारेका छन् ।

एक अनलाइनसँग कुरा गर्दै थापाले भनेका छन्, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ ।शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।

प्रहरी कार्यालयमा किटानी जाहेरी नै परेपछी कानुनी रुपमा अगाडि बढ्नुपर्नेमा दर्शकलाई भगवानको शंज्ञा दिदै नायकले आफूमाथिको सहानुभूति बटुल्न केही अडियो क्लिपहरू सार्वजनिक गरेका छन् । ममाथि भैरहेको प्रमाण सार्वजनिक गर्न गइरहेको छु भन्दै सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गरेर पल शाहले बालापन देखाएका छन् ।

उनले सार्वजनिक भएको भिडिओमा गायिकालाई दुर्गेश थापा, सरोज ओली लगायतका मानिसहरूले यो लेख्नु यसो गर्नु भन्दै सिकाएको सुन्न सकिन्छ ।उनीहरूले मलाई पेट दुख्न थाल्यो महिनाबारी पनि भएन भन्दै पललाई म्यासेज लेख्न सिकाएको उक्त अडियोमा सुन्न सकिन्छ । अडियोमा केही युवाहरूको आवाज सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस