राम्रो मान्छेलाई भगवानले किन चाडै लान्छन ? भन्दै जयनन्द लामालाई सम्झदै भका,निए जयकिशन (भिडियो सहित)

कलाकार जयनन्द लामालाई २०७८/११/११ मा आफ्नै घर अगाडी आफ्नै कार बाहिर लडेको अवस्थामा मृ,त भेटिएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको जन्म भएको थियो । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । उनका मुलाको चाना, कल कत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता,सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए । जयनन्द लामा सँगै पहिलो चलचित्रमै काम गरेका जयकिशन बस्नेतले यसरि सम्झे उनलाई

प्रतिक्रिया दिनुहोस