कुलमानकी पत्नी दिपा बनिन् राप्रपाको जिल्ला उपाध्यक्ष

काठमाडौ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय भएकी छन् । उनी सो पार्टीको जिम्मेवार पदमा पुगेकी छन् । कुलमानकी पत्नी दिपालाई राप्रपाले धादिङको उपाध्यक्ष बनाएको छ । कुलमान घिसिङकी पत्नि दिपा तामाङ उपाध्यक्षमा चयन भएकी हुन् ।

घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हुन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको हो ।पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो । उनी पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङकी छोरी समेत हुन् । घिसिङ बुद्धिमानका छोरी ज्वाइँ हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।

प्रतिक्रिया दिनुहोस