ओलीलाई आफुतिर मिलाउन देउवा र प्रचण्डबीच तछाड-मछाड, देउवा निस्कने वित्तिकै प्रचण्ड पसे ओलीको कोठामा

काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर अहिले नेपालको राजनीति गञ्जागोल भएको छ । सरकारमै बसेका दलहरुबीच सहमति जुट्न नसकेका कारण सडक र सदनमा पनि आन्दोलन जारी छ । काठमाडौको नयाँ बानेश्वर क्षेत्र रणभूमी बनेको छ । यस्तो अवस्थामा अब सत्ता समिकरण भत्कने पक्कापक्की जस्तो भैसकेको छ ।

प्रचण्डले जस्ताको त्यस्तै एमसीसी पास गर्न नसकिने जवासत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो । देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस