इनोभेसनमा लाग्दै मुस्लिम युवा

पछिल्ला वर्षहरूमा भारतका मुस्लिम युवाहरू शैक्षिक क्षेत्रका अलावा नवप्रवर्तन अर्थात् इनोभेसनमा पनि उत्तिकै सक्रिय पाइन थालेको छ । असामका एक जना युवा यसका उदाहरण हुन्, जसको नाम हो वसिम अक्रम । वसिमले औपचारिक शिक्षा पाएका छैनन तर उनको काम र खोजको चर्चा विश्वभर नै छ ।

आसाम टेक्निकल नामको युट्युब च्यानलबाट यिनले आफ्नो नयाँ नयाँ खोज र आविष्कारको बारेमा जानकारी पनि दिन्छन् । वसिम पेसाले एक जना मेकानीक हुन्, परकजुना हाजो भन्ने ठाउँमा यिनले साथीहरूसँग मिलेर वर्कसप पनि खोलेका छन् । कामबाट समय निकालेर यिनले युट्युबको भिडियो र नयाँ खोजहरू गर्छन् । दैनिक जीवनमा आवश्यक मेसिन र यन्त्रहरूको वर्कसपमा निर्माण अनि विकास गर्ने वमिले काठको साइकल बनाएका छन् । यिनले बनाएको काठको साइकल सस्तो, छरितो र असाध्यै उपयोगी छ । आफ्नो साइकलको नाम चुडुकु राखेका वसिमको बारेमा आज हामी चर्चा गर्नेछौं ।

वसिमका अनुसार चुडुकु एउटा अफ्रिकन बाइक जस्तै हो र यो बिजुलीबाट चल्छ । केवल २ देखि ३ हजारमा बन्ने यस बाइक बिजुलीबाट चल्ने र वातावरणमैत्री पनि छ । वसिमका अनुसार यदि यस बाइकलाई कारखानामा उद्योगका अनुसार बनाउने हो भनेँ निर्माण मूल्य झनै घटेर आउँछ ।

यस बाइकलाई विद्यार्थी, कर्मचारी जोकोहीले पनि प्रयोग गर्न मिल्ने र यातायातको सुविधा नपुगेको ग्रामीण क्षेत्रमा यस बाइकको प्रयोग झनै महत्त्वपूर्ण भएर जान्छ ।
यस अघि वसिमले खेत खन्ने मेसिन बनाएका थिए । मोटरसाइकलमा ट्याक्टरको चक्का हालेर उक्त मेसिन तयार गरिएको थियो । आफ्नो ठाउँमा कम धान फल्ने भएकाले ठुला ठुला मेसिनहरू प्रयोग नभएको र यसरी कृषकहरूको समस्या अनुरूप सानो मेसिन बनाएको उन्को तर्क थियो । यस मेसिनलाई उनले प्रधानमन्त्री मोदीका नाममा मोदी जुगाड बाइक भनी नाम दिएका थिए ।

यसका साथै केवल १५० देखि २०० भारतीय रुपैयाँमा अक्रमले पानी भर्ने संयन्त्र बनाएका थिए जसले ट्याकं खाली भएपछि आफै पानी भर्ने र भरिएपछि आफै बन्द गर्ने गर्दथ्यो । यसका अलावा असाध्यै कम मूल्यमा अक्रमले इमरजेन्सी टायरको पन्चर टाल्ने कुरा र घाँस काट्ने बिजुलीको मेसिन पनि बनाएका छन् ।

अक्रमका अनुसार मुस्लिम युवाहरू जागिर र पढाइका अलावा नयाँ खोजहरूमा पनि लाग्न जरुरी छ । आवश्यकता बुझेर नै आविष्कार गर्ने यी युवालाई सधैँ मान्छेको दैनिकलाई सहज बनाउने मेसिनहरू बनाउने कुराले खुसी दिन्छ ।

प्रतिक्रिया दिनुहोस