७२ वर्षिया यी महिला २० वर्षकी झैँ देखिन्छिन्, जन्मदिनको तस्वीर चर्चित भयो (हेर्नुहोस् फोटोहरु)

मानिसहरु आफूलाई जवान बनाइराख्नका लागि विभिन्न उपाय अपनाउन गर्छन् । यद्यपि, बढ्दो उमेरसँगै आफूलाई आकर्षक देखाउनु निकै मुश्किल छ । तर चर्चित फेसन डिजाइनर वेरा वाङ्गको तस्बिर देखेर तपाईं पनि चकित पर्नुहुनेछ । आफ्नो ७२ औं जन्मदिनको पार्टीमा वेरा वाङ्ग यस्तो तरिकाले पेश भइन् कि मानिसहरुको नजर उनीबाट हट्न सकेन ।

इन्स्टाग्राममा सेयर गरिएको उनको तस्बिर देखेर जो कोही हैरान छन् ।पेज सिक्सका अनुसार विवाहका पहिरन डिजाइन गर्ने डिजाइनर जुन २७ तारिखमा ७२ मा टेकेकी हुन् । उनले आफ्नो जन्मदिन केही दिन पछि मंगलबार राती मनाएकी हुन् ।निकै फिट ती

आफ्नो जन्मदिनमा उत्कृष्ट तरिकाले डिजाइन गरिएको पहिरन लगाएकी थिइन् । उनको जन्मदिनको पार्टीमा ६० जना पाहुनाको उपस्थिती थियो ।जन्मदिनको फोटो वाङ्गले आफ्नो नीजि इन्स्टाग्राम पेजमा पनि सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस