श्रीमानकाे शव फालेर प्रेमीसँग भेडेटारमा मस्ती गरेकी कान्छि श्रीमती (भिडियाे)

दिनेश सिग्देलको हत्यापछि शव टुक्रा टुक्रा पारी छुट्टाछुट्टै जेब्रा झाेलामा पाेकाे पारेर धरानभेडेटार सडक खण्डको जङ्गलमा फालेर मृतककी श्रीमती अनिता केसी प्रेमीसँग भेडेटारमा पुगेर बास बसेको खुलेको छ ।

त्यस पश्चात उनीहरु भेडेटारमा हाेटलमा रमाउँदै मस्ती समेत गरेको पाइएको प्रहरीले जनाएको छ । इलामको चुलाचुली–५ बुकुवामा घर भइ हाल दमक–५ बस्दै आएका ४३ वर्षीय दिनेश सिग्देलको उनकी कान्छी श्रीमती ३० वर्षीय अनिता सिग्देल (केसी) र प्रेमी भनिएका २९ वर्षीय सरोज भण्डारीले हत्या गरेकाे खुले पछि उनिहरूले बयान दिने क्रममा यस्ताे बयान दिएकाे प्रहरीले जनाएकाे छ । ‘उनीहरुले प्रहरीलाई बयान दिँदै भने शव व्यवस्थापन पश्चात भेडेटारमा एकरात बसेर भाेली पल्ट विहान विराटनगर फर्कीएकाे खुलाएका छन ।

उनीहरुले माघ २३ गते शव व्यवस्थापन गरेको र एकरात भेडेटारमा बसेपछि भोलिपल्ट पुस २४ गते विराटनगरस्थित अनिताको डेरा कोठामा फर्किएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीकाे प्रारम्भिक अनुसन्धानले बताए अनुसार सरोज र अनिताको ५-६ महिनादेखि प्रेम सम्बन्धमा रहेको पाइएको छ । सिटी सफारी चालक पेशा गर्ने सरोजको विवाह भई एकछोरीको जन्म भएपछि श्रीमतीसँग सम्बन्धमा दरार आई माइतीमा नै बस्दै आएकी र निजहरु सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको हुनाले उनी अनितासँग लहसिएका थिए । ‘उनीहरुबीचको प्रेम सम्बन्ध ५–६ महिनादेखि रहँदै आएको र श्रीमान श्रीमतीझै बसेको समेत प्रारम्भिक बयानमा खुलेकाे इलाका प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवर बताए ।

अनिताका श्रीमान दिनेशले कमाएको रकम अनितालाई पठाउने गरेको र सो रकममा पहिलादेखि नै मोजमस्तीमा खर्च गर्ने गरेका थिए । त्यही कारणले पनि अनिता र दिनेशबीच सम्बन्धमा खटपट समेत रहँदै आएको थियो । प्रेमी सरोजलाई एक लाख ऋण दिएको थप ७५ हजार दिने र दुवैजना विवाह गरी बस्ने शर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । अनिताको एक महिनाको गर्भ पनि रहेको पाइएको प्रहरीले जनाएको छ ।भिडियाे

प्रतिक्रिया दिनुहोस