बहिनीहरुको सुन्दरताले अभिनेत्री रेखाको जलन

काठमाडौं, बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें ।

पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थें । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थें । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थें’, उनले भनेकी छन् ।रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन् । रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे । तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन् ।

यो पनि:-पेट फुल्ने समस्या महिलामा क्यान्सरको सङ्केत हुनसक्ने
पेट फुल्ने समस्या (ब्लटिङ) ओभ्यारीयन क्यान्सरको सबैभन्दा सामान्य लक्षण हो जुन धेरै महिलाहरूलाई थाहा छैन ।अनुसन्धानले पाँचमध्ये चार (७९ प्रतिशत) महिलाहरूलाई ब्लटिङ ट्युमरको सम्भावित लक्षण भएको थाहा नभएको देखाएको छ । पेट फुल्ने समस्याका दर्जनौँ कारणहरू हुन्छन् र प्रायः क्यान्सरको लक्षण हुँदैन । धेरै प्रशोधित खाना, जङ्क फुडको सेवन, गुलियो, दुग्ध पदार्थ, तनाव, रक्सीको सेवन वा पाचन प्रणालीसँग सम्बन्धित समस्या वा मेनोपजका कारण पेट फुल्न सक्छ ।

एक महिनामा १२ पटक पेट फुल्ने लक्षण देखा परेमा यो क्यान्सर हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । त्यस्तै, दुई तिहाइ (६८ प्रतिशत) लाई पेट दुख्ने लक्षण पनि क्यान्सरको सङ्केत भएको थाहा थिएन । अन्य ९७ प्रतिशतलाई सधैँ पेट भरिएको महसुस हुनु क्यान्सरको मुख्य लक्षण भएको थाहा थिएन ।

९९ प्रतिशतले पटक-पटक पिसाब लाग्ने समस्या क्यान्सरको लक्षण हुनसक्छ भनेर सोच्नु आवश्यक ठान्दैनन् । कहिलेकाहीँ झाडापखाला हुने, कब्जियत, अत्यधिक थकान र बिनाकारण तौल घट्ने जस्ता अन्य लक्षणहरू पनि हुन सक्छन् ।सामान्यतया नयाँ, निरन्तर र प्रति महिना १२ पटकभन्दा बढी लक्षण देखिएमा सतर्क हुन जरुरी रहेको द सनमा उल्लेख छ । महिलाहरूले क्यान्सरका लक्षण थाहा पाए प्रारम्भिक चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस