मिल्यो देउवा र ओलीको हात, एकिकृत समाजवादी र माओवादीमा हलचल !

काठमाडौ, एमसीसीलाई लिएर अहिले राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा लगायत केही पार्टी एमसीसी पास गर्नुपर्ने अडानमै छन् भने माओवादी र एकिकृत समाजवादी परिमार्जन नगरी एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

जसका कारण सत्ता गठबन्धन भत्कने अन्तिम तयारी हुँदैछ । राजनीतिमा यस्तो चलखेल बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।

माओवादीका अध्यक्ष प्रचण्डले फोन गरेपछि उनी काठमाडौ फर्किएका हुन् । एमसीसीका बारेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक हुने अवस्था बन्दै गएपछि माओवादी र एकिकृत समाजवादीबीत हलचल उत्पन्न भएको छ ।

उता देउवा पनि कुनै हालतमा कम्युनिष्ट पार्टीलाई एक हुन नदिने पक्षमा छन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए । उनीहरु हिजो धनगढीमा आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी थिए । आज माधव नेपाल पार्टीको बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।

प्रतिक्रिया दिनुहोस