आज सन्तानको जन्म दिएकी नायिका पुजा शर्मालाई ठुलो बज्रपात

काठमाडौं, आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी थिइन् । चलचित्रका नायक पल शाहविरुद्ध जाहेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन नसक्दा पुजा भावुक बनेकी हुन् ।

थुप्रै कलाकारहरुको भिडभाड रहेको प्रिमियर कार्यक्रममा पुजा सुरुदेखि मलिन अनुहारमा थिइन् । फिल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे । यस फिल्मले नेपाली दर्शकलाई फेरि हलमा फर्काउने आशा धेरैले व्यक्त गरेका छन् । तर, सबैको सुखद प्रतिक्रियाले पनि पुजाको अनुहारमा उत्साह थिएन ।

सञ्चारकर्मीसँगको कुराकानीमा पुजाले पल शाहको नाम नलिइकन आफ्नो फिल्मको टिमलाई बज्रपात गरेको बताइन् ।तर आज चलचित्र रिलिज हुँदै गर्दा पूजाले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेकी छन्, एउटी आमालाई नौ महिनासम्म सन्तान पेटमा राखेर जन्म दिन निक्कै नै कष्टपूर्ण हुन्छ । तर, सन्तानको जन्मपछि आफूले भोगेका सबै पीडाहरु आमाले भुलिदिन्छिन् र मुस्कुराउँछिन् ।

आज म त्यस्तै महशुश गरिरहेकी छु । हामीलाई ‘म यस्तो गीत गाउँछु २’ नामक हाम्रो सन्तान जन्माउन त साढे २ बर्ष भन्दा बढी लाग्यो । विभिन्न हन्डर, ठ’क्कर र बज्रपातका बाबजुत आज हामीले सन्तानलाई जन्म दिएका छौ र हजुरहरुमाझ प्रस्तुत गरेका छौ ।

अब, हामीले निक्कै मिहिनेतका साथ जन्माएको सन्तान तपाइहरुको अगाडि छ । यसलाई माया दिने, हुर्काउने र बढाउने जिम्मा यहाँहरुकै हो । एउटा सुन्दर प्रेमकथामा सांगीतिक लभ स्टोरी चलचित्र बनाउने कोशिश गरेका छौ ।तपाइको गा’ली र ताली दुबै स्विकार्य छ । नेपाली चलचित्र क्षेत्रले नै २ बर्षदेखि भोगेको पी’डालाई यो चलचित्रले थोरै भएपनि मल्हम लगाउने अपेक्षा गरेका छौ । बाकी, भगवान् रुपी दर्शकको हातमा ।

प्रतिक्रिया दिनुहोस