१२ सय तलबमा दुबई पुगेकी युवतीको एक वर्ष भित्रै ५५ सय दिराम पुग्यो तलब ! कारण यस्तो रहेछ…

मेरो घर गोरखाको ताप्ले गाविस`को वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटार`मा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन ।तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठ`माडौको मुनड्रप्स म्यान`पावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ ।पढाई`तिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक वर्षपछि एक्का`सी फोन आयो, दुबईको सेको कम्पनी`बाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ ।

जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेस`मा जान्न भनें । म्यान`पावरका मोहित थापाले अफिसमा नै बोलाउनु`भयो । उहाँले मलाई सबै कुरा बताउनुभयो ।त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छे`लाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइ`सकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें ।

उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यति`बेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरि`सकेको थिएँ । बरु त्यहाँ गइसके|पछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें ।

मेरो सुरक्षाका लागि म्यान`पावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनी`लाई जम्मा १० हजार दिएको थिएँ ।मसँगै जाने अरु साथी`हरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ । मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसके`पछि हाम्रो काम र तलबमा फरक भने परेन ।

८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपर€भाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्कि`सक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो ।

त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले र`मादानको शुभकामना दिएको दृश्यहरु टेलि`भिजनमा देखा`इएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।टिभी हेर्न पाउँ`दिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरि`टी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ ।

उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नु`भएको रहेछ । त्यो थाहा पाएर म`लाई दुख लाग्यो । सेक्युरिटी म्याने`जरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नरा`म्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ ।

कतिपय अवस्था`मा घर मालिक र हाउ`समेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिए`पछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिस`हरु सँगै बस्थ्यौं ।

म समा`चारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समा`चारमा पढेको जस्तो महिला`हरु खाडी देशमा कसरी असुर|क्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो । काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ ।

त्यहाँ एउटा विज्ञाप`न देखेँ । जागिर खाइ`रहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ । पहिल्यै काम गरिरहे`काहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूट`मार्फत एमएस विश्व`विद्यालय एमबिए पास गरेकी हुँ । बिही`बार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो ।

कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्र`बार सबै नमाज पढ्न जान्थे । पसल`हरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें । पानी समेत नपिइ बस स्टेशन`सम्म जान्थें ।म अचेत अव`स्थामा बसमा पुग्दा ड्राइ`भरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमो`शन भयो । १२ सयको तलब बढेर एक वर्ष`भित्रै ५५ सय दिराम पुग्यो

अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु । दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरु`सँग कुरा पनि गर्थ्यौं ।

प्रतिक्रिया दिनुहोस