चारैतिर विवाद पछि आफ्ना यथार्थ कुरा राखिन गायिकाले

काठमाडौं :नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर णी स’म्बन्धी कसुरमा उ’नीविरु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमा’थि कर णीको प्र’या’स ग’रेको र अन्त्यमा विवाहको प्र’लोभन देखाइ तनहुँमा कर णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा ज’ब’र्ज’स्ती कर णीको आ’रोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार छन् । तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको यति हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्या’पि’ङमा राखेको छ ।
पल शाहका पलका म्यानेजरका कुरा :

अहिले फेरी यो घटनामा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर जोशीले आफुहरुले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको आरोप पनि लगाएका छन् । दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै भनेका थिए । त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले म निकै पछुतो भएपछि सार्वजनिक भएको छु ।

यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाएको हो । उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण बनाएको योजना हो भनेका छन् ।

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने, त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला ।

पि’डित गायिकाका कुरा :

यसैक्रममा, बिहीवार पल शाहले आफूलाई निर्दोष प्रमाणित गर्न आफूमाथि सहकर्मीहरुले ष’ड्यन्त्र गरेको भन्दै फेसबुकमा ६ वटा अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए । ती अडियो रेकर्डहरुमा गायक तथा मोडल दुर्गेश थापा, गायक तथा गीतकार सरोज वली, पल शाहका म्यानेजर कृष्ण जोशी, अर्का गायक सम्राट चौलागाईं र गायिकाबीचको संवाद सुन्न सकिन्छ ।

पलले अडियो रेकर्ड सार्वजनिक गरेपछि प्रहरीमा जाहेरी दिएकी नाबालिग गायिकाले आफूले फ’सा’उन खोजेको भए सजाय भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘सत्यको अवश्य नै जीत हुन्छ । मैले उहाँ (पल शाह) लाई फ’सा’उन खोजेको रैछु भने म सजाय भोग्न तयार छु । उहाँले अन्याय गर्नुभएको रहेछ भने सजाय हुनुपर्छ ।’

ती गायिकाले कसैले उ’क्सा’ए’रको भरमा आफू न’उ’क्सिएको पनि स्पष्टिकरण दिएकी छन् । उनले अहिले आफू पी’डामा रहेको र आफूले केही गल्ती नगरेको बताएकी छन् । आफूहरुको स’म्ब’न्ध लुकाउन पल शाहले पटक-पटक द’बा’ब दिएकाले मिडियामा आफूले सत्य कुरा लुकाएको पनि उनले अन्तर्वार्तामा भनेकी छन् । पल शाहले आफ्नो फि’लिङ’ग्ससँग खेलेको उनको आरोप छ ।

ती गायिकाले भनेकी छन्, ‘उहाँले मेरो परिवारलाई भेटेर विवाह गर्छु तर उजुरी नहाल्न आग्रह समेत गर्नुभएको थियो । उहाँले मलाई पनि ‘अब मिलेर जाऊँ, पब्लिकलाई हाम्रो राम्रोसँग विवाह भएको हो भनेर देखाऊँ, अहिले मलाई बचाउ’ भन्नुभएको थियो । मैले अ’न्धो भएर विश्वास गरेँ । तर, जब उहाँको स्वार्थ पूरा भयो अनि ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भन्नुभयो ।’

गायिकाले अगाडि भनेकी छन्, ‘मेरो परिवारकै अगाडि उहाँले हाम्रो स’म्बन्ध स्वी’कार्नु भएको छ । तर, पछि ‘प्रे’ग्ने’न्ट भएको भए स्वीकार्थे, गर्लफ्रेन्ड-ब्वाईफ्रेन्डमा त भइहाल्छ नी’ भन्नुभयो । अहिले त्यो अडियो रेकर्डमा सुनेको आवाज ‘कसैले मेरो क्यारिकेचर गरेको हो’ भनेर भन्नुभएछ । यो कुराले म साह्रै दुःखी छु । उहाँको बानी नै यस्तै रहेछ । अहिले मलाई निकै गाह्रो भइरहेको छ ।’

पल शाहले बिहीवार सार्वजनिक गरेको अडियो रेकर्डको बारेमा पनि गायिकाले भनेकी छन्, ‘वास्तवमा पी’डित म हो । कसैले उकासेर उ’क्का’सिएको पनि होइन । मैले पी’डा सहन न’सकेर सहकर्मी साथीहरुलाई सबै कुरा भनेको थिएँ । त्यो कुरालाई रेकर्ड गरी इ’डिट गरेर मेरो कमी कमजोरीहरुलाई मात्र देखाउन खोजिएको छ । त्यहाँभित्र भएका वास्तविक कुरालाई लुकाइएको छ ।’

पल शाहका कुरा :

घटनाको भण्डाफोर पल शाहले गरेका छन् । उनले आफ्नै साथीभाइले सड्यन्त्रपुर्वक फसाएको प्रमाण पनि सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन् :

नमस्कार म पल शाह ?

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गा’ली ग’लौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिकाद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्र’हार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

प्रतिक्रिया दिनुहोस