युक्रेन प्रवेस गरेका ३५०० रुसी सैनिकको मृत्यु

काठमाडौं :

युक्रेनको राजधानी किएभका सडकमा सु’रु भ’एको छ। रुसी सैनिकहरु स’हर प्र’वेश गरी आ’क्र’म ‘ण था’लेको स्थानीय सरकारले जानकारी दिएको हो।

किएभका अधिकारीले जारी गरेको वक्तव्यमा सडकमा भि’ड’न्त जारी रहेको उल्लेख छ। वक्तव्यमा भनिएको छ, ‘हाम्रो सहरको सडकमा अहिले भि”ड’न्त जारी छ। सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरिन्छ। बार्दली या झ्याल नजिक नजानु होला।’

शनिबार बिहानैदेखि किएभमा भि’ड’न्त भ’इरहेको हो। सहरको भास्सिल्किभ क्षेत्रमा यु’ ‘द्ध जारी रहेको युक्रेनी सुरक्षा निकायले सामाजिक सञ्जालमार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

किएभको मध्य भागबाट निकै नजिक आवाज सुनिएको स्थानीय पत्रकारहरुले पनि उल्लेख गरेका छन्। यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गरेर अबको समय निकै कठिन हुने भन्दै ड’टे’र ल’ड्ने बताएका थिए।

यस्तै युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्ष’तिबारे एउटा विवरण प्रकाशित गरेको छ। फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आ’क्र’म’णमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई ब’न्दी बनाइएको दाबी गरिएको छ।

युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्या’ङ्क पनि गु’मा’एको छ। बीबीसीले यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। रुसले अहिले आफूपट्टि भएको मानवीय क्ष’तिबारे कुनै जानकारी दिएको छैन।

यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनिहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् ।

शुक्रबार उनिहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो यु’द्ध’वि’रा’मको वातावरण बन्न सक्ने बताए ।

रुसले आ’क्र’म’ण गरेको दोस्रो दिन रुसी सैनिकहरू यु’क्रेनको राजधानी कि’भ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका ट’यांकरहरु युक्रेनको राजधानी किभ क्षेत्रमा गु’डि’रहेको देखिएको छ ।

दोस्रो दिन शुक्रबार राजधानी किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ ।

त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा ल’ड्नु’प’र्ने भएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।

यो पनि : बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोज्नुभएको छ । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लाग्नुभएको हो ।

उहाँले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गर्नुभएको छ । रु ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गर्नुभएका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाउनुभएको छ ।

कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उहाँले बताउनुभयो । उहाँको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । पौने दुई किलोसम्मको एउटा कालिज रु तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ ।

कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उहाँको भनाइ छ । कालिजका लागि उहाँले रैथाने आहारा ९मकै, गहुँ, कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । हरियो भुइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो । उहाँको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् ।

निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उहाँको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ ।

कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ । आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँको फार्ममा कालिज, टर्की र बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि सुरु गर्नुभएको छ ।

जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।

यो पनि : खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ ः मन्त्रालय
काठमाडौँ, १४ फागुन (रासस) ः खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याउनुभयो ।

राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ । अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ । यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । उहाँ भन्नुहुन्छ, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न । शिक्षा प्रमुख ः खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ ।”

शिक्षालाई जागिर खाने, व्यवसायमा प्रवेश गरी आर्जन गर्ने माध्यमका रुपमा बुझिन्छ भने खेलकुदलाई व्यक्ति विशेषका रुचिसँग मात्रै हेरिएको छ । अभिभावकले मात्र हैन शिक्षकले समेत खेलिरहेका बालबालिकालाई हप्काउने प्रवृत्तिले खेल क्षेत्रकै विकासमा बाधा अड्चन खडा गरेको छ । आफ्ना बालबालिका खेल विधामा प्रवेश गरेको भनी गौरव गर्ने अवस्था अझै समाजमा विकसित भइसकेको देखिन्न, जुन चिन्तनमा अब व्यापक सुधारको खाँचो छ ।

शक्तिशाली र आर्थिक पाटोबाट समृद्ध मुलुकका उच्च ओहोदाका व्यक्तिको तुलनामा खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान माथि छ । ब्राजिल, जर्मन, स्पेन, बेल्जियम, डेनमार्क, क्यामरुन, अर्जेन्टिना, इटालीलगायतका मुलुकमा खेलाडीको हैसियत संसारका कुनै राजनीतिक खेलाडीभन्दा कमजोर छैन ।

दक्षिण एसियाली मुलुककै कुरा गर्दा पनि यस क्षेत्रका क्रिकेटप्रतिको सम्मान कुनै राजनेताभन्दा बलियो छ । युरोेपेली र अफ्रिकी देशमा फुटबल खेलाडीप्रति लोकप्रियता अझ शिखरमा छ । विश्व वरियातामा रहेका क्रिकेट होस् वा फुटबल खेलका चर्चित खेलाडी युवापुस्तका लागि मात्र होइन, हाम्रै मुलुकका कयौँ पुराना नेताका फ्यान छन् । विश्वका प्रमुख खेलाडीको नाम अहिलेको युवा पुस्तामा मुखाग्र छ, तर त्यही देशका राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको नाम जान्दैनन्, चिन्दैनन् । कुनै मुलुक विशेषभन्दा खेल रङ्गशाला र मैदानको नाम कण्ठस्थ छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बताउनुहुन्छ, “राज्यको उच्च प्राथमिकतामा राखिनुपर्ने खेलकुद क्षेत्रलाई आवश्यकताका आधारमा नभई दयाका आधारमा बजेट छुट्याइने गरेकोप्रति गम्भीर असहमति छ । खेलकुदप्रतिको बुझाइमा व्यापक परिवर्तन ल्याउनपर्छ ।” राजनीतिक दलले खेलाडीलाई सत्तामा पुग्ने भ¥याङकारुपमा प्रयोग गर्दै आएको समेत आरोप छ ।

मुलुकमा अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएका कारण प्रतिभाशाली खेलाडी अवसर प्राप्तिमा ओझेलमा पर्ने गरेको घटना सुनिँदै आएको छ । राजनीतिक हस्तक्षेपकै कारण कतिपय प्रतिभावान खेलाडीको मनोबल घटाएको छ, कमजोर तुल्याएको छ । खेलकुद विधामा लागेकै कारण हाम्रै कतिपय नेपाली खेलाडी विश्वमा कहलिएका छन् । विभिन्न देशका रङ्गशाला हुन वा खेल मैदानमा मुलुकको शान राष्ट्रिय झण्डा फहराउने र राष्ट्रिय गान घन्काउने अवसर खेल विधाले मात्रै प्रदान गर्दैआएको छ ।

खेलकुदका लागि पूर्वाधार, प्रतिभाशाली खेलाडी छनोट र प्रतियोगिता आवश्यक शर्त मानिन्छ । खेल विधा र खेलाडीको महत्व समाजलाई मात्र होइन, सरकारलाई पनि बुझाउन जरुरी छ । मुलुकको खेलकुद क्षेत्रको बजेट विनियोजनको परम्परागत ढर्राले न खेल नत खेलाडीलाई नै प्रेरित गर्न सकेको छ । खेलकुद विधालाई आकर्षित गर्न यसलाई पेसा व्यवसाय बनाएर आयआर्जन गर्न सकिन्छ भन्ने मान्यता र मानसिकता स्थापित गर्न आवश्यक देखिएको छ ।

विश्वका धेरै देशमा पर्यटक भित्र्याउने र आर्थिक उपार्जन गर्ने मुख्य माध्यम नै खेलकुद बनिरहेको छ । खेलकुदले मानिसलाई समूहमा काम गर्न र समयको महत्व सिकाउँछ । खेलकुदको विकासमा रेफ्री र प्रशिक्षकको पनि ठूलो हात रहन्छ । खेलकुद क्षेत्रमा लागेर आयआर्जन गरेको विगतमा हामी कहाँ उदाहरण नभए पनि पछिल्ला समय कयाँै खेलाडी विभिन्न क्लबमा अनुबन्धन हुनु यस क्षेत्रका लागि सफल उदाहरण हो ।

सचिव रेग्मी भन्नुहुन्छ, “विद्यालयस्तरबाटै खेलकुद र पढाइलाई सँगसँगै लैजानुपर्छ । खेलकुदसग सम्बन्धित विद्यालय, एकेडेमी र विश्वविद्यालय खोल्न पर्छ । पढाइमा सबै विद्यार्थीको एउटैस्तर हँुदैन । कुन कक्षाबाट कुन विद्यार्थीलाई कसरी खेलसँग जोड्ने भनी स्पष्ट नीति ल्याउनुपर्छ ।” प्रतियोगिता र प्रतिस्पर्धा नहुँदा प्रयोग गर्न नपाएर विद्यार्थीबाट खेल्नेमात्र काम भएको बताउँदै उहाँले विद्यालय तहमै खेलकुदका गतिविधि र प्रतिस्पर्धा बढाउन अब बालबालिकाका लागि खेल प्रतियोगिता हुन प¥यो, त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाउने तयारी गरेको छ ।

बालबालिका तहमै खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले ओलम्पिकमै पनि चिल्ड्रेन विधा जोडी सकिएको छ । मुलुकका बालबालिका र युवा जनशक्तिलाई खेलकुद क्षेत्रमा प्रेरित गर्न तलबभत्ता, पुरस्कार र पेन्सन सुनिश्चित गर्न सल्लाह दिइएको छ । खेलकुद विधालाई शिक्षासँग आबद्ध गर्न, आयआर्जनका लागि पेसा÷व्यवसायसँग जोड्ने तथा खेलकुद विद्यालय नै खोल्न विज्ञको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस