यात्रुवाहक बस दु,र्घटना हुँदा सिन्धुपाल्चोकमा १२ जना घा,इते !

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दु,र्घटना हुँदा १२ जना घा,इते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस दु,र्घटना भएको हो। उक्त बस इन्द्रावती गाँउपालिका–११ मा दु,र्घटना भएको हो ।

दु,र्घटनामा १२ जना घा,इते भएको छन् भने तीन जनाको अवस्था ग,म्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घा,इते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घा,इतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ प्रहरीले बताएको छ।

नाकमा आएको ब्ल्याक हेड्सका कारण लज्जित हुनुभएको छ ? यसरी पाउनुहोस् छुटकारा
काठमाडौँ । व्यक्तिको सुन्दरता मुलतः अनुहारमा केन्द्रित हुन्छ। त्यसैले आफ्नो अनुहार सफा र चमकदार होस भन्ने चाहन्छौ। तर, अनुहारमा आउने दाग-धब्बाहरुले भिलेन खेलिदिन्छन्।

यसका साथै नाकभन्दा माथि कालो-कालो बिन्दू जस्ता थोप्ला साह्रै नराम्रो देखिन्छ। जसलाई चलन चल्तीमा ‘ब्ल्याक हेड्स’ भनिन्छ।यस्तो कालो थोप्ला टाढैबाट देखिन्छ। अनेक उपाय लगाउँदा पनि यी थोप्ला स्थाईरुपमा हट्दैनन्। यो के कारणले हुन्छ र यसको स्थाई समाधान के हो ?

प्रदुषण मुख्य कारण:नाकमाथि काला थोप्ला बस्नुको प्रमुख कारण वातावरण प्रदुषण हो । प्रदुषणका कारण रौंमा जम्मा हुन्छ र यसको कारण बन्छ।छालाका मसिना प्वालहरुमा मृत्त छाला, धुलो, माटोका काण तथा मैलो जम्मा भइरहन्छ। जसले गर्दा यो छिद्र बन्द हुन्छ र यसमा जम्मा भएको फोहोर कालो कालो बिन्दुका रुपमा प्रकट हुन्छन्।

नाकमाथि हुने साना छिद्रहरुले मोइस्चर बनाइराख्ने काम गर्छन् । यिनै छिद्रका कारण त्वचा प्राकृतिकरुपमा चिसो रहन्छ। जब यी छिद्र बन्द हुन्छन्, विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ।

चिउँडोको छिद्रमा ध्यान पुर्‍याउनुस:आफ्नो चिउँडोको छिद्रको राम्ररी हेरविचार गरियो भने यो समस्याबाट छुट्कारा मिल्न सक्छ । यसका केही उपाय छन्, जसको अभ्यास गर्नुपर्ने हुन्छ ।आउनुस्, ती उपायहरुबारे जानौं :
बाफद्वारा सफाई:पोर्स सम्वन्धी समस्या भयो भने यसको समाधानका लागि बाफको सहारा लिन सकिन्छ । बाफद्वारा ट्रिटमेन्ट लिएर बन्द पोर्सर्लाइ फेरि खोल्न सकिन्छ । यो एउटा प्रभावकारी विधि हो । यसले छालालाई फाइदा पुर्‍याउँछ।

यसरी पनि गर्न सकिन्छ ट्रिटमेन्ट:क्लिन्जरको सहारा पनि लिन सकिन्छ । मनतातो पानीका साथ कुनै सौम्य फेसियल क्लिन्जरको प्रयोग गरौं। आफ्नो अनुहारलाई भिजाएर क्लिन्जरको सहयोगले १ मिनेटसम्म हल्का हातले मसाज गर्नुपर्छ।मसाज गर्ने बेलामा नाक र चिउँडोमा विशेष ध्यान दिनुस र त्यहाँ मसाज गर्नुपर्छ। एक मिनेटपछि तातोपानीले मुख धुनुपर्छ।

वाफ लिएपछि यसो गरौं:यो प्रक्रिया पुरा गरिसकेपछि आफ्नो अनुहारलाई मुलायम तौलियाले हल्कासँग पुछौ । यसो गर्दा रौको छिद्र खुल्नेछन् र पोर्स सम्वन्धी स्किनको समस्याबाट छुटकारा मिल्नेछ।

प्रतिक्रिया दिनुहोस