प्रहरीले बोलाएर १ घण्टासम्म सोधपुछ गरेपछि बाहिर निस्किएका निर्माता तथा निर्देशक सुदर्शन थापाले यसो भने (हेर्नुस भिडियो)

काठमाडौं – बुधवार कर-णीको अरोपमा एक नाबालिक गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फ’रा’र रहेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ। एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा पक्राउ परेको बुझिएको छ। शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।

थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो। थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ। बुधबार कर ‘णीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको छ।

फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्माले पलको पक्षमा बोल्दै आएका थिए। सुदर्शन दिउँसो १ बजे प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिन पुगेका थिए । अन्तर्वार्ता सकिए लगत्तै प्रहरीले उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो । सोधपुछ पछि आहिले उनलाई छाडिएको छ ।

‘पल शाहको बारेमा उहाँलाई केही जानकारी छ कि भनेर सोधखोजका लागि बोलाइएको हो। उहाँलाई जानकारी छ भन्ने सूचना आएको थियो त्यही भएर के जानकारी छ त भनेर सोध्नलाई हो’, एक प्रहरीले भने, ‘म्याद थप गर्न र मुद्दा चलाउने उद्देश्यले होइन। हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस