दुनियाँलाई स्तव्ध बनाएको तस्विर, हेर्नुहोस् देश नै संकटमा परे नागरिकको हालत के हुन्छ !

काठमाडौ,अहिले एउटा तस्विरले विश्व दुनियाँ नै स्तव्ध बनेको छ । तस्विर युक्रेनको हो । जहाँ रुससँग आफ्नै राजधानी किभमा लडिरहेको छ ।विश्वले कमै सोच्न सक्छ । छिमेकी मुलुकको सेना अर्काको देशको राजधानीसम्म पुगेर त्यहाँका सेना र जनतासँग भिडन्त गर्छ ।तर यस्तै भएको छ । यतिहदसम्मको बर्बरता विश्व दुनियाँ भने रमिता हेरिरहेको छ । अनेकौँ सहयोगको आश्वासनमा कयौँ सन्धिहरु सम्झौता गराउने देशहरु समेत रमिता हेरिरहेका छन् ।

तपाईलाई जानकारी गराऊ युक्रेनमा यस्तो दिन आउँनुको पछाडी जब यो देशले अमेरिका सहित युरोप र अरु देशहरु सम्मिलत नेटो सेनाको सञ्जालमा आफूलाई आवद्ध गराउँने निर्णय गर्यो त्यसपछि रुस रुष्ट बन्यो ।सत्रु राष्ट्रका सेनाहरु छिमेकीको आँगनबाट आफ्नो मुलुका घुस्ने र आफ्नो राष्ट्रियता धरापमा पर्ने डरले रुसले युक्रेन नै कब्जामा लिने रणनीति बनायो ।

रुस समर्थित आन्तरिक विद्रोहीलाई परास्त गर्न युक्रेनले नेटो सेनामा आवद्ध हुने निर्णय लिएको थियो । तर त्यो उसका लागि निक्कै ठूलो चुनौती बन्यो । सदस्य बन्न उक्साउँदा नेटो सेनाका सबै सदस्यहरुले जस्तो सुकै अवस्थामापनि साथ दिने बचन युक्रेन लगायत सदस्य राष्ट्रलाई दिएका थिए ।

तर आज उनीहरु यो सबै रमिता हेरिरहेका छन् । युक्रेनका सेना र त्यहाँका जनता एक्लै सडकमा रुसका सेनासँग लडिरहेका छन् । यही क्रममा एउटा तस्विर बाहिर आएको छ ।
युक्रेनमा अहिले मानिसहरु सहर छोडेर भागिरहेका छन् । युवाशक्ति र राष्ट्रभक्त जनताहरु स्वयं हतियार लिएर सेनासँग एकसाथ रुसका सेनाविरुद्ध लडिरहेका छन् ।

यही क्रममा बालबालिकाहरु भने ठूलो जोखिममा रहेको त्यहाँका दृष्यले देखाउँछ । आफन्तको मृत्यु वा भागेर फरार भएपनि सानो चेपमा बालबालिका लुकिरहेका छन् । सेनाले उनीहरुलाईपनि नछोडेका खबर आएका छन् ।

तर यही क्रममा यो तस्विरमा एक सानो बालक घरको कापमा लुकिरहेका छन् । त्यही क्रममा रसियन सेना आएको छ । तर त्यो सेनाले ती बालकलाई देख्न सक्ने अवस्थापनि छ ।तर देखेपनि नदेखे झै गरेर उनी हिँडिरहेका छन् । यो तस्विरले अनेक अर्थ बोक्ने भएकाले यो तस्विर हेर्दै विश्वभरीका मानिसहरुका आँशु खसिरहेका छन् । धेरैले युद्ध अन्त्यको कामना गरिरहेका छन् ।

धेरैले मानवता रक्षाको कामना गरिरहेका छन् । कयौँ देश नै संकटमा परे नागरिकको अवस्था के हुन्छ भन्ने पछिल्लो उदाहरण भएको विचार राखेर तस्विर सेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस