प्रहरी सामु आत्मसमर्पण गर्नु अघि पलले भने, ‘म मेरो फिल्म मेरा दर्शक र टिमसंग हेर्न चाहन्छु सम्भव छ भने त्यो मिलाइदिनु’

काठमाडौ ।अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफुलाई एक पटक आफ्नो फिल्म आफ्ना दर्शक र फिल्मको टिमसंग बसेर हेर्ने इच्छा भएको बताएका छन् । शुक्रवार र शनिवार आफ्नो फिल्मले निकै राम्रो ब्यवसाय गरेको आफुले सुनेको पनि उनले बताएका छन् । एक जना १७ वर्षीया किशोरीले आफुलाई इच्छा विपरित कर णी गरेको आरोप लगाउँदै उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाह आइतवार एक भिडियो जारी गर्दै यस्तो भनेका हुन् ।

उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु २ फिल्म अहिले अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । उनले आफै आइतवार प्रहरी सामु आत्मसमर्पण गर्ने बताएका छन् । उनले भने म प्रहरी सामु आत्मसमर्पण गर्न ढिलाई भएकोमा म माफी माग्न चाहन्छु । तर प्रहरी सामु गए पछि अवस्था के हुन्छ भन्न सक्दिन तर मेरो एउटा सपना छ । तीन चार वर्ष देखिको सपना हो । मेरो फिल्म नेपाली दर्शक संगै बसेर हेर्ने । एक पटक तपाईहरु र मेरो टिम संग बसेर हेर्ने इच्छा छ त्यो सम्भव छ भने म प्रहरी र सरकारलाई आग्रह गर्न चाहन्छु ।

आज म आत्मसमर्पया गर्छै छु । म वेकसुर छु म निर्देश छु । मसंग भइका सबै प्रमाण प्रहरी सामु बुझाउने छु अदालत सामु पेश गर्ने छु , पलले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खोजिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका कारण र मेरो स्वास्थ्यका कारण उजुरी परेपछि सम्पर्क विहिन भएको थिए ।

उनले भनेका छन्, म मेरो परिवारको अभिभावक भएका कारण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो । केही ब्यवहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठिक थिएन । त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ । यसको मतलब मैले प्रहरीलाई नसघाउने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित हुनेछु । उनले भिडियोमा आफु निर्दोश भएको दावी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस