नायक पल शाहले प्रहरीकोमा आत्मसमर्पण गरे पश्चात नायिका पूजा शर्माले यसो भनिन्…

काठमाडौँ ,पल शाहले प्रहरीकोमा आत्मसमर्पण गरेपछि नायिका पूजा शर्माले स्टाटस पोष्ट गरेकी छन् ।
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

शाहले सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताउदै आजै आत्मसमर्पण गर्ने बताएका थिए ।
पलको आत्मसमर्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले पनि सम्मान भएकी छन् । पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’

उनले भनेकी छिन- सम्मान छ हाम्रो रियल हिरो लाई!!! सत्यको जित अवश्य हुनेछ॥ अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फसाइएको बताएकी छिन्। ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फडा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

एक गायिकाले कर ‘णीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फ’रा’र रहेका शाहले सामाजिक सञ्जालमार्फत् आइतबार नै प्रहरीसामु आफै पुगेका हुन्।
पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस