एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ, मर्न तयार छु – गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको बताएका छन् । आइतबार एमसीसी पारित गर्न बसेको संसद बैठकमा एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै नेता थापाले सो कुरा गरेका हुन् ।

उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिए ।उनले भने – “एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु।”आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताउदै उनले एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको बताए ।

यो पनि , बाथरुममा १ कचौरा नुन राख्नुहोस्, चम्किनेछ तपाईको भाग्य
काठमाडौँ । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ। नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ।बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ। नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ।

तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ। तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ।बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ। तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ।हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन्। यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ।

बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ। घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ।नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ। त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ। बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ।

नून पोखिनु अशुभ
हाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन। त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ। नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ।खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो। रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो।तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो। त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो।

प्रतिक्रिया दिनुहोस