पल शाह बारे बोले तनहुँका प्रहरी प्रमुख राजेन्द्र रेग्मी, खोले सबै बास्तबिकता -हेर्नुहोस्

काठमाडौ, अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफुलाई एक पटक आफ्नो फिल्म आफ्ना दर्शक र फिल्मको टिमसंग बसेर हेर्ने इच्छा भएको बताएका छन् । शुक्रवार र शनिवार आफ्नो फिल्मले निकै राम्रो ब्यवसाय गरेको आफुले सुनेको पनि उनले बताएका छन् । एक जना १७ वर्षीया किशोरीले आफुलाई इच्छा विपरित कर णी गरेको आरोप लगाउँदै उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाह आइतवार एक भिडियो जारी गर्दै यस्तो भनेका हुन्।

उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु २ फिल्म अहिले अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । उनले आफै आइतवार प्रहरी सामु आत्मसमर्पण गर्ने बताएका छन् । उनले भने म प्रहरी सामु आत्मसमर्पण गर्न ढिलाई भएकोमा म माफी माग्न चाहन्छु । तर प्रहरी सामु गए पछि अवस्था के हुन्छ भन्न सक्दिन तर मेरो एउटा सपना छ । तीन चार वर्ष देखिको सपना हो । मेरो फिल्म नेपाली दर्शक संगै बसेर हेर्ने । एक पटक तपाईहरु र मेरो टिम संग बसेर हेर्ने इच्छा छ त्यो सम्भव छ भने म प्रहरी र सरकारलाई आग्रह गर्न चाहन्छु ।

आज म आत्मसमर्पया गर्छै छु । म वेकसुर छु म निर्देश छु । मसंग भइका सबै प्रमाण प्रहरी सामु बुझाउने छु अदालत सामु पेश गर्ने छु , पलले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खोजिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका कारण र मेरो स्वास्थ्यका कारण उजुरी परेपछि सम्पर्क विहिन भएको थिए ।

उनले भनेका छन्, म मेरो परिवारको अभिभावक भएका कारण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो । केही ब्यवहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठिक थिएन । त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ । यसको मतलब मैले प्रहरीलाई नसघाउने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित हुनेछु । उनले भिडियोमा आफु निर्दोश भएको दावी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस