केन्द्र देखि स्थानिय तहसम्मै माओवादी रित्तिने संकेत, प्रचण्डको पार्टी छाड्न सक्ने चुनौतीपछि नारायणकाजीसहितका यी सिनियर नेता जुटे यस्तो भयङ्कर तयारीमा !

काठमाडौं , नेकपा माओवादी केन्द्र केन्द्र देखि स्थानिय तहसम्म रित्तिन सक्ने संकेत देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट ध्वनीमतले अनुमोदन गरेसँगै नेकपा माओवादी केन्द्रभित्रको एकता संकटमा परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पार्टीभित्र समस्या आएको खुलाइसकेका छन् ।

प्रचण्डले १६ फागुनमा खुमलटारमा पत्रकार सम्मेलन गरेर नारायणकाजी श्रेष्ठको नामै लिएर विगतमा महाकाली सन्धीको विरोध गरेर बामदेव गौतमले नयाँ पार्टी खोलेको उदाहरण दिई त्यस्तो गल्ती नगर्न भने । जनता र कार्यकर्ता श्रेष्ठको पछि नलाग्ने समेत भनेर आफ्नो बाटो लाग्न कसैले नरोक्ने अभिव्यक्ति दिए ।

श्रेष्ठले एमसीसीबारे सार्वजनिक रुपमै विरोध गरेका छन् । यसले प्रचण्डलाई अप्ठ्यारो परेको छ । बाहिर नबोल्ने सहमति उल्लंघन गरेको भन्दै प्रचण्डले श्रेष्ठलाई चेतावनी समेत दिएका छन् ।
एमसीसी अनुमोदन भएकोमा श्रेष्ठसहित उनी पक्षीय नेताहरु लिलामणि पोखरेल र गिरिराजमणि पोखरेल पनि सार्वजनिक रुपमा विरोधमा छन् ।

तीनैजना नेताहरु विगतमा एकता केन्द्रमा थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र एकता भएको थियो । एमसीसीको विषयले माओवादीभित्र ‘जनयुद्ध’ मा सहभागी भएका र नभएकाहरुको कित्ताकाट भएको छ ।

यसले धाँजा समेत फाटिसकेको छ । कुनैपनि बेला माओवादी फुट्ने अवस्था विकास भइसकेको छ । यसैगरी, माओवादीले एकताको प्रयास गरेका पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, सीपी गजुरेललगायत पनि प्रचण्डसँग चिढिएका छन् ।उनीहरुले एमसीसी अनुमोदन भएको विरोध कार्यक्रम गर्दै आएका छन् । प्रचण्डको एमसीसीमा ‘यु टर्न’ले पूर्वमाओवादीभित्रको सम्भावित एकता पनि तत्काललाई टरेको छ ।

यता नेकपा ९एमाले०का केन्द्रीय सदस्य कुमार दसौदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री वर्षमान पुनलाई ऐतिहासिक कम्युनिष्ट किल्ला थबाङका जनताले लखेटेको दाबी गरेका छन्। उनले आगामी निर्वाचनमा रोल्पाली जनताले माओवादी केन्द्रको असली रूप देखाउने समेत बताएका हुन्।

नेकपा ९एमाले० गंगादेव गाउँपालिका भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पद प्राप्तिका लागि अनैतिक सम्झौता गर्न माहिर प्रचण्डले १० वर्ष बास बसेको थबाङ र पहिलोपकट भारी मतले जिताएका रोल्पाली जनता नै बिर्सिए। प्रचण्डलाई देश र जनताको वास्ता नै छैन। उनलाई सत्ता भए पुग्छ।’

केन्द्रीय सदस्य दसौदीले कम्युनिष्ट किल्ला थबाङमा एमाले मजबुत हुँदै गएको पनि दाबी गरेका छन्। ‘हामी थबाङमा बलियो हुँदै गएका छौँ।थबाङबाट लखेटिएका प्रचण्ड र वर्षमान पुनहरू अबको निर्वाचनपछि रोल्पाबाट नै लखेटिनेछन्। रोल्पाली जनता राष्ट्रघाती नेताहरूको पक्षमा छैनन्,’ उनले भने। सत्ता गठबन्धनको चर्चा गरेर नथाक्ने प्रचण्ड चुनावपछि गुमनाम हुने ठोकुवा गरेका छन्। ‘उनलाई चुनाव हार्ने डरले सताइरहेको छ।

उस्तै परे प्रचण्ड फेरि भोट माग्दै रोल्पा–रूकुम छिर्नेछन्। राष्ट्रघाती प्रचण्ड–वर्षमानलाई रोल्पाली जनताले राम्रोसँग चिनिसके,’ उनले भने, ‘प्रचण्ड–वर्षमानलाई जनप्रतिनिधि मानेर रोल्पालीहरूले अब भुल गर्दैनन्।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जोगाउन माओवादी केन्द्रले एमसीसीको पक्षमा मत हालेको उनको आरोप छ। ‘अमेरिकालाई एमसीसी पास गर्ने कसम खाएका प्रचण्ड–जनार्दनहरूले राष्ट्रवादी बन्न दोहोरो चरित्र देखाए। अन्ततः उनीहरूले एमसीसी सम्झौता पास गरेरै छाडे,’ केन्द्रीय सदस्य दसौदीले भने।

प्रतिक्रिया दिनुहोस