छोरी जब बिबाहको मण्डपबाट दुलहाको घर जान्छिन तब पराइ लाग्दिनन…एकचोटी अवश्य पढौं यो मन छुने कथा…

छोरी जब बिबाहको मण्डपबाट दुलहाको घर जान्छिन तब पराइ लाग्दिनन । तर जब ऊनी माइत आएर हात मुख धुइसकेपछि अगाडि झुन्डिएको तौलियाको साटो आफ्नो ब्यागबाट सानो रुमाल झिकेर मुख पुच्छिन, तब ऊनी पराई जस्तो लाग्छिन।

जब उनी भान्साकोठाको ढोकामा अपरिचित जस्तै उभिँन्छिन, तब ऊनी पराई लाग्छिन । जब उनी पानीको गिलासको लागी यता-उता आँखा घुमाउछिन तब ऊनी पराई जस्तै लाग्छिन ।जब उनले सोध्छिन वासिङ मेसिन चलाउ? तब उनी पराई जस्तै लाग्छिन । जब टेवलमा खाना लागेपछी थाल सारेर हेर्दिनन तब उनी पराई जस्तै लाग्छिन ।
जब पैसा गन्ने समय आफ्नो आँखा यताउता घुमाउछिन तब उनी पराई जस्तै लाग्छिन ।

जब कुरा कुरामा अनावश्यक हाँसेर खुशी भएको नाटक गर्छिन नि तब उ पराई जस्तो लाग्छिन..जब फर्किने समय “अब कहिले आउँछौ” छोरी भन्दा, जवाफमा “हेरौ कहिले आउने समय मिल्छ” छोरिको जवाफ सुनेपछि यस्तो लाग्छ अब छोरी जहिल्यैको लागि पराई भइन..।गाडीमा बसिसकेपछी जब उनले चुपचाप आफ्नो आँखा लुकाउएर टाउको घुमाएर छेकिने कोशिश गर्छिन। तब लाग्छ त्यो परायापन ले अब ऊनी पराई लाग्न थाल्छिन ।

चाहिदैन मलाई मेरो अंश दाजुभाइ, मेरो माइतीघर सजाई राख्नु. ।केहि नदिनु मलाई , मात्र माया गरि रहनु ।बुबाको यश घरमा , मेरो याद बसिरहोस ।छोराछोरीको नजरमा मेरो मान बनाइ रहनु छोरी हुँ सधै यश घरको , यो सम्मान बनाई राख्नु ।।

(छोरि देखि आमा सम्मको यात्रा ) ?️
छोरी देखि आमासम्मको यात्रा..बिना चिन्ता , बिना प्रबाहको यात्रा..रुदा देखि चुप गराउने सम्मको यात्रा, उत्सुकता देखि संयमताको यात्रा। पहिला जो आमाको काखमा लुक्ने गर्थिन आज उ आफै काखमा अरुलाई लुकाउँछिन ,पहिला तातो खाना औंलामा पर्ने बित्तिकै घरनै उचाल्ने गरि रुन्थिन ।

आज औंला पोल्दा पनि खाना बनाउने गर्छिन ।पहिला जो सानो-सानो कुरामा रुँने गर्थिन.आज उ ठुलो-ठूलो कुरालाई मनमा नै दबाउने गर्छिन ।पहिला दाजुभाइ, साथिहरुसँग झगडा गर्ने गर्थिन आज उनीहरुसँग कुरा गर्नमा रुचाउँछिन ।

पहिला आमा-आमा भनेर पुरै घर घुम्ने गर्थिन आज आमा शब्द आफ्नै छोराछोरीको मुखबाट सुनेपछि बिस्तारै मुस्कुराउने गर्छिन ।पहिला ७ बजे उठ्दा पनि छिटै उठेजस्तो लाग्थ्यो आज बिहान ५ बजे उठ्दा पनि ढिलो हुने गर्छ ।

पहला आफ्नो इच्छा पूरा गर्दा गर्दै बर्षदिन बित्थ्यो आज आफ्नो लागि एउटा कपडा लिनलाई पनि सोच्नुपर्ने हुन्छ.। पहिला दिनभर फ्री भएर पनि ब्यस्त छु भन्ने गर्थिन अब दिनभर काम गरेर पनि सासू आमाजु नन्द जेठानी लगायतबाट काम चोर्नीको उपमा पाउँछिन ।

एउटा परिक्षाको लागि बर्षदिन पढ्ने गर्थिन अब हरेक दिन तयारी बिना नै परिक्षा दिने गर्छिन। थाहा छैन कसैको छोरी, कसको आमा बनिन.कहिले छोरिबाट आमाको यात्रामा रुपान्तरण भइन ।घरमा छोरी छिन भने, भोलिको दिन उज्यालो छ छोरिहरु धेरै प्यारी हुन्छन् थाहा छैन किन मान्छेहरू छोरिलाई बोझ सम्झिन्छन ।घरमा छोरी किन चाहिन्छ? घर आँगन उज्यालो बनाउन ।

जब छोराले रुवाउँछन तब आमाले शिर राखेर रुँन ।आमाले आफुले पाएको दुख छोरिलाई पोख्न ।मनका पीडा आमाले छोरिलाई सुनाउन ।दाजुभाइको जिन्दगीमा खुशी ल्याउन ।घर सफा र सुगन्ध गराउन ।घरभरी सजि सजावट गराउन ।घरमा हरेक पल खुशी ल्याउन ।छोराहरुले हेला गर्दा आमाबुबालाई पाल्न ।भक्कानो छोडेर छोरिको साथमा आँसु र खुशी साट्न ।।

प्रतिक्रिया दिनुहोस