ओलीलाई ‘असभ्य’ भन्दै माधव नेपालको चुनौतीः सभामुख हटाउने नचिताए हुन्छ

काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन भनेका छन् । उनले आज पार्टीको पत्रकार सम्मेलनमा बोल्दै सभामुख हटाउन ओली लागेको भन्दै त्यो कुनै हालतमा सफल हुन नदिने बताए ।

‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ नेता नेपालले पत्रकारको प्रश्नमा भने,‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’उनले पटक पटक ओलीको नाम उच्चारण गर्दै असभ्य समेत भने । उनले भने,‘सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’ओलीले एमसीसीमा सभामुख हटाउने देखि आफूसहित १४ सांसदलाई पदमुक्त गर्ने जस्ता अनुचित सर्त राखेको समेत बताए । एमसीसीको व्याख्यात्मक विषयमा आफूले नै भूमिका खेलेको दाबी गरे ।

भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ ? भूलेर पनि नगर्नुहोस् यस्तो गल्ती
काठमाडौँ । शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपन भनिन्छ। मोटोपनबाट रोगहरु उत्पन्न हुन्छन्।मोटोपन घटाउन सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्तकोलेस्टेरोल, हृदयघातजस्ता रोगहरुलाई कम गर्न सकिन्छ। मोटा व्यक्तिहरुले जीवनशैली परिवर्तन गर्दा शारीरिक तौल घटाउने लक्ष्य राख्नुपर्छ।

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन। यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन्। हप्ताको १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन।२) उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन। स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ। नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।

३) बिहान–बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ। सूप खाएपछि पेट चाँडै भरिन्छ। अरू खाद्यपदार्थ कम खाइन्छ।सूपमा चिल्लो भने हाल्नु हुँदैन। कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ।४) दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन। सधैँ नियमित रूपले निश्चित मात्रामा खाद्यपदार्थको प्रयोग गर्नुपर्छ। एकै पल्ट धेरै खाना खानु उचित हुँदैन।

५) भोकको अनुभूति भैरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तैः गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ।६) बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्तहुन्छ। खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ।

७) तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ। त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ।व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ। यसले शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ। योगासन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ।

८) डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन्। यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ।तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ। पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ। आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ।

प्रतिक्रिया दिनुहोस