फाल्गुन १८ गते बुधबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विबाद बढ्ने, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसा कमाउने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । वादविवादको सामना गर्नुपर्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ । मनोरञ्जन पूर्ण रहने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन् । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अनावश्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पिडा दिनेहरु सक्रिय छन्, सावधान रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमइ हुनेछ । काममा मन जानेछ ।

प्रतिक्रिया दिनुहोस