भीम रावल ‘हिरो’ बन्न खोजेको ओलीको आरोप, एमालेले कारवाही गर्न सक्ने

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावललाई कारवाही गर्न सक्ने संकेत दिएका छन् ।आइतबार संसदबाट अनुमोदित अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्न नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो संकेत गरेका हुन् ।कार्यक्रममा ओलीले रावल हिरो बन्न खोजेको आरोप लगाएका थिए ।

गत आइतबार प्रतिनिधिसभाबाट एमसिसी पारित हुने समयमा एमालेले आफ्ना पूर्ववर्ती माग राख्दै विरोध जनाइरहेको थियो । तर, रावलले त्यो बैठकमा एमसिसीमाथि छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखेका थिए ।

‘पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक ढंगले आफूलाई प्रस्तुत गरिरहनु भएको छ,’ ओलीले पत्रकार सम्मेलनमा भनेका छन्, ुमैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ ।

आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरूद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन् ।

प्रतिक्रिया दिनुहोस