हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाए

काठमाडौं, राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय यु’द्धनायकका रूपमा उदाएका छन्। उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अ’ति’क्रमणवि’रुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले ‘नरसंहार’ मच्याएको आरोप लगाएका छन्। उनले युक्रेनलाई ‘नाजीकरण’ बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्।

यी अभिमतहरूले बुद्धिजीवीसहित धेरै आलोचकहरूले नदेखेका एउटा पक्ष बाहिर ल्याएको छ। मत सर्वेक्षणहरूमा सङ्घर्ष गरिरहेका जेलेन्स्की रुसले अतिक्रमण थाल्नु केही घण्टाअघि मात्रै राष्ट्रिय व्यक्तित्वका रूपमा रूपान्तरित भइसकेका थिए।

सामाजिक सञ्जालमा राखिएको एउटा संयमित सम्बोधनमा आंशिक रूपमा रुसी भाषा प्रयोग गरेर बोल्दै उनले आफूले युद्ध रोक्न भ्लादिमिर पुटिनसँग फोनमा वार्तालापको प्रयास गरेपनि उत्तर नपाएको बताए। दुवै देशलाई कुनै प्रकारको युद्ध आवश्यकता भएको उनले पृष्ठभूमिमा युक्रेनको नक्सा भएको स्थानमा भनेका थिए। उनले युक्रेनीहरूलाई आक्रमण गरिए आफ्नो रक्षा गर्ने बताएका थिए।

“तपाईँले हामीलाई आ’क्र’मण गर्नुभयो भने हाम्रो अनुहार देख्नुहुन्छ हामी पिठिउँ फर्काउनेछैनौँ, सामना गर्नेछौँ।” आ’क्र’मण सुरु भएको केही समयपछि आफ्नो अर्को त्यस्तो सम्बोधनमा उनी सैनिक पोसाकमा उपस्थित भएर डेभिड र गोलियाथको मिथक सुनाउँदै कमजोर र बलशालीबीचको सङ्घर्षको चर्चा गरेका थिए। त्यो साँझ उनले अर्को सम्बोधन गर्दै पश्चिमा नेताहरूले उनीहरूले सहयोग उपलब्ध नगराए एक दिनभित्रै “यु’द्ध ढोकामै आइपुग्ने” चेतावनी दिएका थिए।

नभोय भ्रेमया समाचार वेबसाइटकी प्रधानसम्पादक युलिया मकगफीले सन् २०१९ को एप्रिलमा जेलेन्स्की राष्ट्रपति चुनिएपछि आफू दुःखी भएको बताउँछिन्। उनले त्यसले सरकारको नेतृत्व गर्ने उनको क्षमतामा आफूलाई विश्वास नलागेको बताउँछिन्। तर पछिल्ला दिनमा युक्रेनीहरूले आफ्ना राष्ट्रपतिलाई न्यानो समर्थन गरेका छन्। बीबीसी मा जनाएको छ ।

“मलाई लाग्छ रुसले यु’द्ध सुरु गरिसकेपछि सबै युक्रेनीहरू जेलेन्स्कीको वरपर गो’लब’न्द भएका छन्। आफैँ उदाहरण बनेर उनले अरूलाई एकताबद्ध बनाउँदै प्रेरणादायी भूमिका खेलिरहेका छन्। पुटिनको सेनालाई अघि बढ्नबाट रोकिरहेको सरकारको नेतृत्व उनले गरिरहेका छन् र त्यसका लागि धेरैले उनको प्रशंसा गरिरहेका छन् र सम्मान गर्दैछन्।”

प्रतिक्रिया दिनुहोस