अनुहारै नहेरी फेसबुक र फोनबाट पर्यो लभ अनि बिहे, अन्तिममा रुवाबासी

बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए ।झ’गडा गरिरहेकामध्ये एक केटीले आ’त्म ह’त्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठाए । प्रहरीले तीनैजनालाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे बुझ्यो।

‘फेसबुकबाट त्यो केटाको एउटी केटीसँग ‘लभ’ परेको रहेछ, दुवै बिहे गर्ने तहसम्म पुगेका रहेछन्’,घ ट नाबारे सुनाउँदै इन्चा‍र्ज चौधरीले भने, ‘तर केटीका आमाबुवाले केटा विवाहित भएको र उनकी श्रीमतीले अर्को बिहे गरेको थाहा पाएपछि बिहे गर्न मानेनछन्।

त्यसपछि केटाले साथीमार्फत् अर्की केटीसँग परिचय भएर फोनमा बोल्दा बोल्दै माया बसेछ।’ केटाले अन्ततः अर्की केटीलाई पनि बिहे गर्ने तहसम्म पुर्‍याए।दुवै बिहे गर्न राजी भए। छोरीलाई खुसी साथ राखेर पढाइदिने बाचा गरेपछि आमाबुवाले पनि स्वीकृति दिए। आमाबुवाले टीकाटालो गरिदिएपछि उनीहरु बिदाइ भएर हिँडे। यो खबर पहिलेकी केटीले थाहा पाइन्।

त्यसपछि उनी दौडँदै बाटोमा आएर छेकिन् उनले आफूलाई धोका दिएको भन्दै केटासँग झ गडा थालिन्। उनले आफूसँग पनि बिहे गर्नुपर्ने अडान राखेर नत्र झु ण्डि एर म र्ने ध म्कीसमेत दिइन्।

‘दुवै केटीको उमेर १७/१८ वर्ष मात्रै छ। बिहे हुने त कुरै भएन’ इन्चार्ज चौधरीले भने, ‘दुवै केटीका अभिभावकलाई बोलाएर जिम्मा लगाइदियौँ।’ केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा १८ वर्षीय केटा र १९ वर्षीया केटीको जोडी आयो।

प्रतिक्रिया दिनुहोस