सलमान र सोनाक्षीले गरे सुटुक्क विवाह, तस्बिर भयो भाइरल

एजेन्सी । अभिनेता सलमान खान बलिउडका सबैभन्दा योग्य ब्याचलर हुन्। सलमानका फ्यानहरु उनको विवाहलाई लिएर निकै उत्साहित छन् । अहिले सलमानको विवाहको तस्विर भाइरल भइरहेको छ । जसमा सलमानले सोनाक्षी सिन्हासँग विवाह गरेको बताइएको छ । तस्विरमा सलमान खान र सोनाक्षी सिन्हा देखिएका छन् । योसँगै सोनाक्षीको मागमा सिंदूर पनि देखिएको छ।
सलमान र सोनाक्षीको तस्बिर निकै भाइरल भइरहेको छ । दुवैले गोप्य रुपमा विवाह गरेको बताइएको छ । तर, यी तस्विरहरु फोटोसप गरिएको छ । सलमान र सोनाक्षीले विवाह गरेका छैनन् । सलमान खानले आफूलाई सिंगल बताउँदै आएका छन् तर उनी प्राय आफ्नो साथी युलिया वन्तुरसँग देखिन्छन् । त्यसैले सलमान र युलिया रिलेसनसिपमा रहेको अड्कलबाजी चलिरहेको छ ।

योसँगै सोनाक्षीको नाम जहीर इकबालसँग जोडिएको छ । तर, सोनाक्षीले जहीरसँगको स म्ब न्धलाई अस्वीकार गरेकी छिन् । दबंग गर्लले आफ्नो एक अन्तर्वार्तामा आफू जहीरसँग स म्ब न्धमा नभएको बताएकी छन् । जहीर उनको असल साथी मात्रै हुन् । जब दुवैजना अर्कासँग रिलेशनमा हुन्छन्, तब कुनै न कुनै फ्यानले यस्तो हर्कत गरेको हुनुपर्छ

सलमानसँग सम्बन्धित यी नायिकाको नाम
सलमान खानले बिग बोस १५ मा आफु रिलेसनसिपमा रहेको संकेत गरेका थिए । त्यसयता उनका फ्यानहरु उनीहरुको विवाहको प्रतिक्षामा छन् । सलमान खान युलिया भन्दा पहिले कैयौं अभिनेत्रीसँग रिलेशनशिपमा थिए । जसमा ऐश्वर्या रायको नाम शीर्षमा आउँछ । त्यसपछि कट्रिना कैफ सलमान खान, जरिन खान, ज्याकलिन फर्नान्डिजसँग जोडिएकी छिन् ।

सलमान दुबईमा धमाका लिएर आएका छन्
सलमानको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, हालसालै उनी दुबई गए, जहाँ सलमान खानले ुद ब्यांग द टुर(रिलोडेडु मा साई मांजरेकर, सोनाक्षी सिन्हा लगायत धेरै स्टारहरूसँग प्रदर्शन गरे। यस अवसरका धेरै भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तर, अहिले सलमान खान शो सकेर मुम्बई फर्किएका छन् । अभिनेता हिजो राति मुम्बई एयरपोर्टमा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस