एक महिलाको अचानक स्मरण शक्ति गुमेपछि….

एजेन्सी, बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् ।४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले उनलाई लामखुट्टेको टोकाइले हुने इन्सेफ्लाइटिस् रोग लागेको पत्ता लगाएका थिए ।

इन्सेफ्लाइटिसबाट उनी गम्भीर विरामी परिन् । उनी निको हुँदा २० वर्ष अघिका सबै कुरा विर्सिइन । चिसोको कारण रुघाको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । जहाँ १६ दिन भन्दा बढि उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो । जब उनी होसमा आइन्् उनलाई आफ्नो २० वर्ष अगाडिका कुराहरु केहिपनि याद आएन।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनसार त्यस दिन उनी चिसोका कारणले छिट्टै सुतेकी थिइन् । भोलिपल्ट बिहान उनका श्रीमानले उनलाई उठाउने कोसिस गरेका थिए । तर मफेट बेहोस भएर नउठेपछि उनका श्रीमानले ब्रूमफील्ड अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई ‘रोयल’ नामको बेलायती अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार गर्दा चिकित्सकहरुले मस्तिष्क सुन्निएको पुष्टि गरेका थिए । माफेट १६ दिन पछि होसमा आइन् तर, उनको स्मरणशक्ति भने हरायो ।उनले आफूले आफ्नो बिवाह,श्रीमान र सन्तानलाई समेत बिर्सिएको संचारमाध्यमहरुसंग बताएकी छिन् । माफेट अहिले पत्रकारिता पेशामा संग्लन छिन् ।उनले आफुलाई लागेको रोगकाबारे जनचेतना पनि फैलाइरहेकी छिन् । उनको स्मरण शक्ति विस्तारै बढ्दै गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस