काठमाडौंमा पढिरहेका मोफसलका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो, यसरी दिनुहोस् निवेदन

काठमाडौ,मुलुकका विभिन्न दुर्गम क्षेत्रवाट काठमाडौंमा भाडामा बसेर पढिरहेका विद्यार्थीहरुका लागि निशुल्क विद्युचिय चुल्हो वितरण हुने भएको छ । खासगरी स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका दुर्गम ठाउँका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण हुने भएको हो ।

दिनहुँ जस्तो बढिरहेको खाना पकाउने ग्यासको मुल्यका कारण विद्यार्थी समस्यामा परेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।

‘अनुमान भन्दा धेरै आवेदन आयो भने दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष प्राथमिकता दिने पनि उनले बताए । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

‘विद्यार्थीलाई पनि राहत हुने र स्वच्छ ऊर्जाको खपत पनि बढ्ने गरी विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न आवेदन मागेका हौ।,’ मजगैयाँले भने,’काठमाडौं बाहिरबाट आएर विश्वविद्यालयस्तरमा अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्नुहुन्छ ।’

‘दूर्गम क्षेत्रबाट काठमाडौं आई घरभाडामा लिई सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्यको समस्याबाट राहत महसुस गराउन तथा विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस