रुस र युक्रेन तनावमा चीनको सामाजिक सञ्जाल वेइबो नयाँ मोर्चा बनेको छ

बेइजिङ, फेब्रुअरी २२ (एएनआई) चीनको सोसल मिडिया प्लेटफर्म वेइबो रुस र युक्रेन तनावमा नयाँ मोर्चा बनेको छ जसमा रुस र युक्रेन तनाव अहिले असाध्यै प्रचलनमा अर्थात् ट्रेन्डिगंमा छन्।

हालसालै युक्रेनले आफ्नो चीनस्थित दूतावासको वेइबो अकाउण्टबाट एक विज्ञप्ति जारी गर्‍यो । यस विज्ञप्तिमा अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा PSEUDO सङ्गठनहरूको स्वतन्त्रतालाई मान्यता दिने रुसी सङ्घको निर्णयको निन्दा गरिएको छ।

रसियाले लुहान्स्क जन गणतन्त्र (एलपीआर) र डोनेट्स्क जन गणतन्त्र (डीपीआर) लाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राज्यको रूपमा मान्यता दिएको अचानक घोषणासँगै चीनस्थित युक्रेन दूतावासले मङ्गलवार चिनियाँ भाषामा यस विषयमा विज्ञप्ति जारी गरेको हो। ग्लोबल टाइम्सले गरेको रिपोर्ट अनुसार चीनको ट्विटर(जस्तो सिना वेइबोमा यस शीर्ष ट्रेन्डिङ विषय बनेको छ ।

यसरी युक्रेनको दूतावासको विज्ञप्तिपछि रुसको चीनमा रहेको दूतावासले आफ्नो वेइबो खातामा पोस्ट गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जन गणतन्त्र (एलपीआर) र डोनेट्स्क जन गणतन्त्र (डीपीआर) को मान्यतामा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् र रसिया र दुई पक्षबिच मित्रता, सहयोग र पारस्परिक सहयोग सन्धिमा हस्ताक्षर गरेका छन् भनी उल्लेख गरेको छ ।

युक्रेन मुद्दा मङ्गलवार वेइबो मा एक तातो विषय बनेको छ, लगभग 900 मिलियन भ्यूहरू र लगभग 200,000 छलफलहरू ति पोष्टमा भएको भनेर ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस