पल शाह प्रकरणमा नायिका विनिता पनि बोलीन्, भन्छिन् मैले छोरीहरूलाई कसरी बचाउने ?

नायक पल शाह र एक गायिका प्रकरणमा नायिकाहरुले आ आफ्नो धारणा राख्न थालेका छन् । पललाई रिहसतमा लिएर प्रहरीले अनुसनधान थालेका बेला नायिका विनीता बरालले पनि आफ्नो धारणा राखेकी छिन् । सामाजिक सञ्जालमा विनिताले लेखेकी छिन् म पनि दुक्ष्ई सन्तानको आमा बन्ने बयारीमा रहेकी छु ।

प्रश्न गर्दै उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् । उनले लेखेकी छिन् ललाई – फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने , ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु ।

कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् रु कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् रु’ हाल उनी अमेरिकामा छिन् । यसअघि नायिका रेखा थापा र ऋचा शर्माले पनि यस विषयमा आ आफ्नो धारणा राखिसकेका छन् ।

सोही विषयमा पल तनहुँ प्रहरीको हिरासतमा छन्। यो विषय अदालतमा जाने देखिएको छ। यसबीचमा मानिसहरुले समिक्षा, दुर्गेस थापाले पललाई फसाउन खोजेको आरोप लागिरहेको छ।

यस्तोमा रेखा थापाले किशोरीलाई नैतिक मापदण्ड र हिलो छ्याप्ने काम नगर्न आग्रह गरेकी छिन्। उनी घुमाउरो पारामा भन्छिन्,‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन्, बालिकाले कानुनत सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो, को सँग लभ छ? कति पटक यौ’न सं’प’र्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन।

समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ।’ नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस