रुसका एक सैनिकले आँशको धारा बगाएर स्वीकारेको वास्तविकताले दुनियाँलाई रुवायो

काठमाडौ । रुस–युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । यी दुई देशबीच मनोवैज्ञानिक द्वन्द्व पनि सुरु भएको छ ।युक्रेनले पक्रिएर कैद गरिएका रुसी सैनिकहरूका आँशुका धारा सहितका भिडियोले दुनियाँलाई नै रुवाएको छ ।

जसमा यी सैनिकहरूले युक्रेनमा आक्रमण गर्न आफ्नो युनिट पठाइँदैछ भन्ने थाहा नभएको बताएका छन् ।यी सैनिकहरूले पनि स्वीकार गरे कि उनीहरूले आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनीहरूलाई आक्रमण गरेको निर्दोष नागरिकहरु मारेको यसको पाप आफूबाट कहिलै पार नपाउँने उनीहरुको स्वीकारोक्ति छ ।

युक्रेन सेक्युरिटी सर्भिसको फेसबुक पेजमा सेयर गरिएको भिडियोमा केही रुसी सैनिकहरूले हामीलाई तोपको चारो बनाएर पठाइएको बताएका छन् ।हामीले युक्रेनमा शान्तिप्रिय मानिसहरूलाई मारिरहेका छौं। यी भिडियोहरूमा कब्जा गरिएका रुसी सैनिकहरूको अनुहारमा चोटपटक पनि देखिन्छ।

युक्रेनी सेनाले धेरै रुसी सैनिकको भिडियो सार्वजनिक गरेको छ । युक्रेनी सेनाले कब्जामा लिएका रुसी सैनिक आफ्नो झण्डा अगाडि बसेको भिडियो रेकर्ड गरेको छ । यसमा घाइते देखिएका एक रुसी सैनिकले यो हाम्रो युद्ध होइन भनेका छन् ।

आमाहरू र पत्नीहरू आफ्ना पतिहरूलाई रुसी सेनाको जागिर छोडेर भगाऊ । त्यहाँ बस्नु पर्दैन । हामीलाई त रुसले तोपको चारो बनाइसक्यो । कयौँको मृत्यु भइसक्यो ।

हाम्रो मृत्यु त भएन तर अब युक्रेनको जेलबाट हामी बाहिर आउँछौ भन्ने अवस्थामा हामी छैनौँ उनीहरुले रुँदै भनिरहेका छन् । युद्धको कारण मृत्यु र विनाशको लागि रोइरहेको यी भिडियोले देखाउँदछ ।

यसमा रुसी सिपाहीले आफ्नै सेनाप्रति असन्तुष्टि व्यक्त गर्दै लाश पनि उठाउँदैनन्, अन्त्येष्टि पनि नगर्ने बताएका छन् । यी मध्ये एक सैनिकले रुस र युक्रेनलाई युद्धक्षेत्रबाट बालबालिका हटाउन आग्रह गरे भने अर्कोले कसैले युद्ध नचाहेको चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस