दाँतलाई सेतो र चम्किलो बनाउन अपनाउनुहोस् यी ६ मध्ये कुनै एक उपाय

हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ। दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो। सही तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ।पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ। आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ। त्यतिमात्र होइन धेरैको आत्मा विश्वाश पनि घटेको देखिएको छ। दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन्।

१) तुलसीको पात
तुलसीमा दाँतको पहेँलोपन हटाउने एक अदभूत शक्ति रहेको छ। तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर चमक बनाउँछ।२) नुन र तेल, गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ। नुनमा २र४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेँलोपना हटेर जान्छ।

३) सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस्। दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ कारण दाँत चम्किलो हुन्छ।४) गाँजर,खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलोपना हट्छ। गाँजरमा रहेको रेसाहरुले दाँतलाइ राम्रोसँग सफा गर्न मद्त गर्दछ।

५) नीमको पात
नीमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गरिदै आएको छ। यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति हुन्छ।नीमको काठ वा निमको सानो हाँगाले दाँत सफा गर्ने हो भने दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ।

६) कागती
कागतीको रसले पनि दाँतलाई चम्किलो बनाउँछ। कागतीको जति रस छ, त्यति नै मात्रामा पानी मिसाउनुहोस्।खाइसकेपछि यहि कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस्। यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि समाधान हुन्छ।

प्रतिक्रिया दिनुहोस