युक्रेनकी सुन्दरी सेनामा प्रवेश, रुस विरुद्ध युद्ध गर्न उठाईन् बन्दूक

रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् ।युक्रेनका आम जनताले रुसी सेनाविरुद्धको युद्धमा युक्रेनी सेनालाई साथ दिइरहेका छन् । त्यसमा लेना पनि समावेश भएकी हुन् । लेनाले सन् २०१५ मा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् ।

उनले आफू रुस विरुद्ध युद्ध मैदानमा उत्रिएको धेरै तस्वीरहरु इन्स्टाग्रामक मार्फत सार्वजनिक गरेकी छिन् ।बेलायती पत्रिका ‘डेली स्टार’ अनुसार २०१५ मा उनले २४ वर्षको उमेरमा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् । उनी आफ्नो ग्ल्यामर जीवनशैलीलाई छोडेर सैनिक भेषमा रुसी सेनासँग युद्ध लड्न तयार छिन् ।

लेनाले आफ्नो हतियार बोकेको तस्वीर राख्दै सामाजिक संजालमा भनेकी छिन् “मैले आफ्नो घर जोगाउन हतियार उठाएको हुँ , जो कोहि कब्जा गर्ने नियतले युक्रेनको सिमामा प्रवेश गर्छ, मारिनेछ” ।

त्यसैगरी उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको तस्वीर सेयर गर्दै उनलाई साँचो र बलियो नेता भनेकी छिन्।उनलाई इन्स्टाग्राममा करिब १ लख भन्दा बढिले फलो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस