हिरासतभित्र कसरी राखिएका छन् पल शाह ?

काठमाडौं,ना”बालिग किशोरीलाई क” रणी गरेको आ”रोपमा पक्राउ परेका कलाकार पल शाह अहिले दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। फ”रार भएको चार दिनपछि आफैं प्रहरी सम्पर्कमा पुगेका शाहलाई आइतबार दिउँसो तीन बजेदेखि अ”दालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखिएको छ।

हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्य”वहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थु”नुवाभन्दा अलग्गै राखेर अनुसन्धान गरिएको होला।

के साँच्चै तनहुँ प्रहरीले पललाई बाहिर गसिप चलेझैं फरक ‘ट्रीट’ गरिरहेको छ त?
यही जिज्ञासासहित मंगलबार साँझ हामी जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थियौं। जवाफमा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी युवराज खड्काले भने, ‘का”नुनको आँखामा कोही स्टार वा सेलिब्रेटी हुँदैन। हाम्रा लागि पल अभिनेता होइनन्, अभियुक्त हुन्। त्यसैले यहाँभित्र अरु थु”नुवालाई जस्तो व्य”वहार हुन्छ, उनलाई पनि त्यही गरिरहेका छौं।’

डीएसपी खड्काका अनुसार पल अरु थु”नुवा राखिएकै हिरासतभित्र छन्, उनलाई कुनै अलग सुविधा प्रदान गरिएको छैन।रिल लाइफमा त पल हातमा ह”त्कडी लगाएर धेरैपटक अभियुक्त बने होलान्, हि”रासत पनि बसे होलान्। तर, यसपटक रियलमै उनी यो चरित्र बाँ”चिरहेका छन्। चार दिनयता अँ”ध्यारो हिरासतको भुइँमा अन्य थुनुवासरह बसिरहेका छन् उनी।

उनी बसेको पुरुष थुनुवा थुनिने हिरासतमा अहिले कतिजना थुनुवा छन्? हाम्रो जिज्ञासामा डीएसपी खड्काले दिएको जानकारीअनुसार अहिले पुरुष हिरासतमा थप तीनजना थुनुवा छन्। पहिलो हुन्, क”र्तव्य ज्या” न मु”द्दाका दुर्गाबहादुर परियार। तनहुँस्थित व्यासकै एक व्यक्ति”लाई आ” क्र मण गरेर लु” टेको अभियोगमा उनी त्यहाँ थुनिएका छन्।

दोस्रो छन्, ला” गु प दार्थ दु” र्व्यसन’को मु द्दामा अ”नुसन्धारत सुन्दर विक। अनि तेस्रो, सवारी ज्या” न मुद्दा खेपिरहेका चालक लिला बहादुर सुनुवार। हिरासतभित्र पलसँग रहेका साथीहरु यिनै हुन्। ‘तर, पल अरु थुनुवाहरुसँग खासै गफिएका छैनन्, जतिखेर पनि झोक्राइरहेका हुन्छन्,’ प्रहरी स्रोतले भन्यो, ‘आफूमाथि लागेको क”सुरबारे पनि खासै कुरा गर्न चाहँदैनन्। अब त बाहिरबाट भेट्न आउने मान्छेसँग पनि झर्को मान्न थालेका छन्। आमा बुबाबाहेक अरुसँग भेट्दिन भन्न थालिसके।’

यतिखेर फिल्म हलहरुमा पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ चलिरहेको छ। फिल्मका निर्देशक सुदर्शन थापा मंगलबार दिउँसो ‘भाइ भेट्न’ भन्दै श्रीमती सुप्रिया कटुवालसँगै उनी दमौली आइपुगेका थिए। दुवैले हिरासतभित्र रहेका पललाई भेटेपछि बाहिर मिडियासँग ‘पल कन्फिडेन्ट रहेको’ प्रतिक्रिया दिए। तर, प्रहरी स्रोत भन्छ, ‘उनी बाहिर भनिएजस्तो कन्फिडेन्ट देखिँदैनन। पूरै नि”राश छन्। ज”तिखेर पनि झोक्राइरहन्छन्।’

प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै प्रहरीसँग एकपटक दर्शकसँग आफ्नो फिल्म हेर्ने प्रबन्ध मिलाइदिन अनुरोध गरेका थिए। उनको आग्रह थियो– ‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन–चार वर्षदेखिको सपना थियो। मैले सुनेअनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे। त्यसमा खुसी लागेको छ। मेरो एउटा इच्छा छ। अब सम्भव हुन्छ कि हुँदैन, एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्न चाहन्छु। सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला।’

उनले भिडियोमार्फत राखेको यो आग्रह प्रहरी कार्यालय पुगेपछि पनि राखे त?जवाफमा डीएसपी खड्काले हाँस्दै जवाफ फर्काए, ‘हामीसँग त त्यस्तो भनेका छैनन्। भने पनि त्यो सम्भव कुरा होइन।’ज” बरजस्ती कर” णी ग”म्भिर प्रकृतिको मुद्दा हो। यस्तो अ”भियोगमा हिरासत परेका अभियुक्तले त्यस्तो आग्रह गर्नु आफैंमा हास्या”स्पद रहेको उनको आशय थियो।

प्रतिक्रिया दिनुहोस