कपाल नबढेर चिन्तित हुनुहुन्छ ? यी उपाय उपनाउनुहोस्

सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ। तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ। हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ।कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन्। जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ।

कपालको हेरविचार
कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन। कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।

कपाल लामो बनाउने घरेलु उपायहरु:प्याजको रस, प्याजमा भएको सल्फरले कपालको जरालाई पोषण गर्छ। यसले कपाललाई बलियो बनाउँछ। प्याजमा भएको एन्टिब्याक्टेरियल गुणका कारण प्याजको रस कपालमा लगाउनाले झर्ने समस्या कम हुन्छ।कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन प्याजको रसबाट बनेको हेयर प्याक प्रयोग गर्न सकिन्छ। प्याजको रस निचोरेर टाउकामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिनु पर्छ। त्यसपछि स्याम्पूले राम्ररी कपाल सफा गर्नुपर्छ।

प्याज र बियर
बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ। प्याजको रसलाई बियरमा मिसाएर कपालमा लगाउनाले कपाल बढ्छ। यसले कपालमा कन्डिसनरको पनि काम गर्छ। कपाल लामो बनाउन हप्ताको दुई पटक यसलाई प्रयोग गर्न सकिन्छ।

प्याज र नरिवलको तेल
नरिवलको तेल र प्याजको रस मिसाएर लगाउनाले पनि कपाल राम्रो हुन्छ। यसले कपाललाई पोषण दिन्छ।प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस्। त्यसपछि तौलियाले केहीबेर छोप्नुपर्छ। यसबाट टाउकाको मृत कोशिका हट्छन्। यसले कपाल बढाउन मद्दत गर्छ।

प्याज र मह
कपाललाई बलियो बनाउन प्याज र महको प्याक राम्रो हुन्छ। यसका लागि सबैभन्दा पहिले प्याजको पेस्ट बनाउने त्यसमा केही थोपा मह मिसाउनुहोस्। यो पेस्टलाई कपाल कम भएको भागमा लगाउनु पर्छ। यसले कपाललाई बलियो बनाउँछ।प्याज र कागती, कागती र प्याजको रस प्रयोग गर्दा कपाल बढ्न मद्दत पुग्छ। कागतीको रस र प्याजको रसको मिश्रणले टाउकाको छालालाई सफा पार्छ। यसले कपाल झर्नबाट रोक्छ।

प्याज र अण्डाको सेतो भाग
अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेका लागि प्याज र अण्डाबाट बनेको हेयर प्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउन प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।यसलाई आधा घण्टासम्म कपालमा लगाएर सेम्पू लगाएर सफा गर्नुपर्छ। प्याजको रसबाट बनेको हेयर प्याकको प्रयोगले कपाल लामो र चमकदार हुन्छ। यसबाट कपाल झर्ने समस्या कम हुन्छ। कपाल झर्न रोक्नका लागि एक पटकमा एउटा उपायको मात्र प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस