पल शाहको साथीको खुलासा : पिडित गायिकासँग सम्पर्क भएकै छैन, सम्झौता असम्भव (भिडियो)

काठमाडौं, अभिनेता पल शाहका पुराना साथी हुन् दीपेश श्रेष्ठ । पल तराई टेलिभिजनमा काम गर्दाको अवस्था देखी नै दीपेश साथी थिए । पलका धेरै कुरा दीपेशलाई थाहा छ । पल कस्ता ब्यक्ति हुन् भन्ने धेरै कुरा उनलाई पनि थाहा छ । एक किशोरी गायीकाले पललाई इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि केही दिन पल फरार भएका थिए । तर चौथो दिन पलले नै दीपेशलाई फोन गरे । उनले आफु कपनमा भएको बताएपछि दीपेश पललाई भेट्न कपन पुगे ।

उनले पललाई तिमीले वास्तवमै गल्ती गरेको हो ? भनेर प्रश्न गरेका थिए । तर पलले आफु निर्दोश छु मलाई षडयन्त्र गरेर फसाइयो भनेर भनेको पनि बताए । यदी तिमी निर्दोश छौ भने उजुरी पर्यो भन्दैमा लुकेर बस्नुपर्ने अवस्था छैन कानुनी प्रकृयालाई सघाउनुपर्छ भनेर आफुले सल्लाह दिएपछि पलले आइतवार प्रहरी सामु आत्मसमर्पण गरेको बताएका छन् ।

उनले पल निर्दोश भएको आफुलाई विश्वास लागेको बताएका छन् । उनले इच्छा विपरित कर णी गर्नै नसक्ने पनि दावी गरेका छन् । उनले इच्छा विपरित कर णी पटक पटक नहुने तर्क गर्छन । उनले किशोरीलाई त्यस्तो नगरेको दावी गरेका छन् । पलले ति किशोरीसंग आफु एक्लै र एकान्तमा पनि नबसेको र त्यस्तो गहिरो कुराकानी पनि नभएको दावी गरेको पनि बताएका छन् ।

पलले आफुसंग ति किशोरीसंग सम्पर्क नभएको बताएको पनि खुलाएका छन् । उनले आफुलाई पल प्रति विश्वास लागेको पनि बताएका छन् । उनले पनि अडियो सार्वजनिक भएजस्तै उनलाई अरुले नै प्रयोग गरेको दावी गरेका छन् । भिडियो तल हेर्नुहोस

प्रतिक्रिया दिनुहोस