शक्तिशाली राष्ट्रका पुटिनको बिगत : कुनैबेला ट्याक्सी चलाउँथे, खान र लाउन धौं धौं थियो !

काठमाडौं :

भ्लादिमिर पुटिनको बाल्यकाल लेनिनग्राद (अहिलेको सेन्ट पिर्टसबर्ग) मा यस्तो माहोलमा भएको थियो, जहाँ स्थानीय केटाहरूबीच मा’रका’ट साधारण कुरा थियो । यीमध्ये कैयौँ केटा पुटिनभन्दा ठूला र धेरै सङ्ख्यामा हुन्थे । यही कुराले पुटिन जुडो सिक्न थाले । क्रेमलिनको वेबसाइडका अनुसार पुटिन आफ्नो स्कुलको पढाइ पूरा गर्नुभन्दा पहिला नै सोभियत गुप्तचर सेवामा समावेश हुन चाहन्थे ।

अक्टुबर २०१५ मा पुटिनले भनेका थिए, ५० वर्ष पहिला लेनिनग्रादका सडकहरूले मलाई एक नियम सिकाएका थिए । यदि ल’डाइँ हुने निश्चित छ भने पहिलो मुक्का प्र’हा’र गर । त्यसको अर्थ के थियो भने रुसमा चरमपन्थीको ह’म’ला पर्खनुभन्दा राम्रो सिरियामा उनीसँग ल’ड्नु’प’र्छ । पुटिन सडकमा ल’डाइँ गर्ने आवाराहरूले प्रयोग गर्ने शब्द बोलेको पनि सुनियो ।

चेचेन्यामा अलगाउवादी वि’द्रो’हीवि’रु’द्ध रुसी सेनाको कारवाहीको समर्थन गर्दै पुटिनले उनलाई ट्वाइलेटसम्म सफा गराउने कसम खाएका थिए ।

मुस्लिम बाहुल्य नर्थ ककेससको इलाकामा १९९९–२००० को समयमा ठूलो ल’डाइँ’ले ध्व’स्त भएको थियो । यसमा हजाराँै मानिस मा’रि’एका थिए । पुटिनले जर्जियामा एक अर्को मोर्चा खोले । सन् २००८ मा रुसी सेनाले जर्जियाई सेनालाई ल’खे’टे र अबकाजिया र साउथ असेटियामाथि क’ब्जा गरे ।

त्यो समयमा जर्जियाका तत्कालीन नेटा समर्थक राष्ट्रपति मिखाइल साकासविलीसँग पुटिनको कटुता बढेको थियो । यसबाट सोभियत सङ्घका पहिलेका घटक देशहरूमा पश्चिमी समर्थक नेताहरूसँग बदला लिन पुटिन तयार छन् भन्ने लागेको थियो ।

दयालु छविका पुटिन

पुटिन माचो म्यान( मर्दवाला छवि) को रुपमा जिन्दगिको आनन्द लिइरहेको देखिन्छन् । सन् २००० मा चुनावका बीच उनी फाइटर विमान चलाइरहेका देखिएका थिए । २०११ मा बाइकर्स फेस्टिवलमा पुटिन स्पोर्टस बाइक चलाइरहेका देखिएका थिए ।

हराइ रहेका अमूर प्रजातिको कागको हेरचार गरिरहेको पुटिनको तस्वीर सार्वजनिक भएको थियो भने उनी कुकुरहरुको हेरचाहमा लागेका तस्वीर पनि देखिएका थिए जसका कारण उनलाई दयालु व्यक्तिका रुपमा रुसमा लिने गरिएको छ ।

एक लामो शासनपछि पनि मानिसहरु उनलाई मन पराउँछन् । रुसी मिडियाका अनुसार पुटिनको लोकप्रियता यस्तो छ जो पश्चिमा नेताहरुका लागि एक सपना मात्र हो ।

रुसी मिडियामा पुटिनका राष्ट्रवादी भावना छाइरहन्छ । त्यहाँका सञ्चारमाध्यमले उनको पक्षमा निकै समाचारहरु बजाउँछन् । उनको आलोचकको आवाज बन्द गरिने कारणले पनि यस्तो हुन सक्छ ।

उनको पहिलो दुई कार्यकालमा तेल र ग्यासका निर्यातबाट रुसले निकै कामाइ गर्न सफल भयो । रुसी नागरिकको रहनसहनमा समेत सुधार भयो ।

२००८ सालको विश्व मन्दीले रुसको अर्थव्यवस्थामा नराम्रो असर पारेको थियो ।

कुनैबेला ट्याक्सी चलाउँथे, खान र लाउन धौं धौं थियो

पुटिनले कुनैबेला ट्याक्सी चालकको रुपमा समेत काम गरेका थिए। पुटिनले स्वयंमले आफूले ट्याक्सी चालकको रुपमा काम गरेको बीबीसीले जनाएको छ।

तत्कालिन सोभियत संघको पतनपछि सन् १९९१ मा रुसमा ठूलो आर्थिक संकट उत्पन्न भएको थियो। सो क्रममा पुटिनले खान र लाउन धौं धौं भएपछि ट्याक्सी चालकको रुपमा काम गरेका थिए।

‘रसिया, लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा पुटिनले सोभियत युनियनको पतनपछि आफूले गरेको संघर्षको बारेमा उल्लेख गरेका छन्। उनी भन्छन्,‘सोभियत संघको पतन ऐतिहासिक रूसको विघटन थियो।’

‘कहिले काहीँ मैले पैसा कमाउने विकल्प खोज्नु पथ्र्यों’ उनी भन्छन्,‘मतलब थप पैसा कमाउन मैले ट्याक्सी चलाएको छु।’ पुटिन सोभियत संघ ताका सोभियत सुरक्षा सेवाका एजेन्ट थिए। उनले सन् १९९० मा सेन्ट बिटर्सबर्गका मेयर एनाटोली सोबचकको कार्यालयमा पनि काम गरे।

प्रतिक्रिया दिनुहोस