आफ्नो जन्मदिनमा जन्म दिने आमालाई र्बिसने सन्तान

काठमाडौं १९ फागुन । जन्मदिन आउँछ कुन रिर्सोटमा मनाउने, घरमा मनाउँदा वोर हुन्छ , बुबा आमा पुरानो सोचको हुनुहुन्छ, केहि मिल्दैन बरु आफ्नो श्रीमती बच्चा लिएर अन्तकतै जाउँ । किन लानु बुबा आमालाई ? यो त्यही आमा बाबुको धोती एक छेउ समाउँदै हुर्केका शिक्षित छोराहरुको सोच हो ।

बिहान बेलुका आफ्ना बच्चा हेर्न लगायो । कुनै विदाको दिन आफ्नै श्रीमती बच्चा लिएर घुम्न गयो । यत्रो सृष्टि रचेर यहाँ सम्म पुर्याउने ति दिन रात घरमा बस्ने आमालाई कसले सोध्ने , आमा तपाइलाई के खान मन छ ? कस्तो छ ? कतै जान मन छ ? ति आमासँग केहि पुरानै सोच होला त के हामी आफ्नो आमालाई अरुसँग चिनाउन पनि लाज मान्ने ?

आजकाल यति सम्म पनि हुन थालिसक्यो कि! आफ्ना आमा बुबा बिरामी हुँदा मतलब हुँदैन तर श्रीमतीका सन्तान कसैंलाई केहि भयो भने हानिएर जाँन्छौं । सासु , ससुरा पनि आमा बुबा नै हो तर एक पल्ट सोचौं त यस्तो कतिको घरमा हुन्छ ?

विदा बनाउन ससुराली पुग्छौं तर घरका आमा बाबुलाई कहिले सोध्ने गरेका छौं ? समय अनुसार चल्नुपर्छ , परिर्वतन हुनुपर्छ तर के आमा बाबु नै परिर्वतन गर्ने हो त ? आफ्नो छातीमा हात राखेर भन्नुहोस् ति पुरानै सोच भएपनि आज तपाई जहाँ हुनुहुन्छ , ति आमा र बाबुकै देन हो ।

नौ महिना कोखमा राखेर जन्माउने ति आमालाई कतिले आफ्नो जन्मदिनमा सम्झिनु हुन्छ ? समुन्द्र पारी भएका कतिले फोन गर्नुहुन्छ ? आमालाई सम्झिनु भन्दा काहाँ गएर मनाउने ? के खाने ? कोसँग जाने ? कहिले सोच्नु हुन्छ , यो सुन्दर धर्ती देखाइदिने आमालाई म के उपहार दिउँ भनेर ।

माया सबैलाई गर्नुपर्छ आमा, बुबा , सासु , ससुरा एउटी नारीले पनि आफ्नो जन्मघर छाडेर श्रीमान्को परिवारलाई आफ्नो भनेर बसेकी हुन्छिन् । ति बुहारीे नि सोचौं त ! आफ्नो माइतिमा आमा बुबालाई भाउजु बुहारीले केहि भने कति मन दुख्छ ।

हामी जहाँ छौं त्यसको माया गरौं न किन आफुसँग नभएको चिजको पछाडी लाग्ने । छोरा नै चाहिन्छ भन्ने घरको दवावमा आफ्नो ज्यानको वाजी थापेर बच्चा जन्माउन तयार ति आमालाई आज भोलीका छोराले ति आमाको पिडामा मलव लगाएका छन् त ?

केहि उपहार नदेउ बस आमाको छेउमा गएर हरेक दिन आमा के खानु भयो भनेर सोध्नुत ति आमा जिउँदै स्वर्ग पुग्छिन् । तपाई आफ्नो जन्म दिनमा साथीभाईलाई कति खर्च गर्नुहुन्छ ? त्यसको साट्टो आमा छेउ गएर आमा मेरो आज जन्मदिन नी मलाई आर्शिवाद दिनुहोस् भन्नुत ति आमाको खुुसीले आशुको भेल बग्छ । किन , हामी भौतीक खुसीको लागि दौडिरहेका छौं ।

घरको आमाको आशु पुछ्न सक्दैनौ मन्दिरमा भेटी चढाउँछौं । होला कतिपय परिस्थितिमा आमाको साथ नपाइएला तर जसले जे भनेपनि यो धर्तीमा ल्याउने आमा नै हो , हात खुट्टा लगाइदिने नि आमा नै हो । कसैका आमा धनि होलान् सबै इच्छा पुरा गरिदेलान , कसैकाले नसक्लान् । त्यो आफ्नो

ठाउँमा छ ।

तर, आमा त आमै हो । कतिले त जन्म मात्र दिएर आफ्ना सन्तानलाई सडकमा छोडिदिनु भएको देख्नु भा होला , भाग्मानी ठान्नुहोस् तपाई आफुलाई । तपाई आज यो स्थानमा हुनुहुन्छ । खोले खुवाएर नि तपाईलाई हुर्काएर कसैको मायाको पात्रो बन्न दिनु भएको छैन । कठै यो टुहुरो हो नि भनेर समाजको सहानसभुतिको पात्रो बन्नु भएको छैन ।

नराम्री , फोहोरी , अशिक्षित, जस्तो भएपनि तपाईले आमाको न्यानो काख , स्पर्श र माया पाउनु भएको छ

प्रतिक्रिया दिनुहोस